नेपाली यू–१७ महिला फुटबल टोलीको विदाइ
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ यू–१७ महिला च्याम्पियनसिपका लागि बंगलादेश जाँदै गरेको यू–१७ राष्ट्रिय महिला टोलीलाई बिदाइ गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा उनीहरुको बिदाइ भएको हो । कार्यक्रममा एन्फाका कार्यवाहक अध्यक्ष तथा वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, कार्यवाहक महासचिव दामोदर भट्टराई, प्रवक्ता सुरेश शाह लगायतको उपस्थिति थियो ।
प्रतियोगितामा नेपाल, बंगलादेश, भुटान, भारत र रुसको सहभागिता रहेको छ । नेपालले प्रतियोगिताको उदघाटन खेलमा मार्च २० मा भारतसँग खेल्नेछ भने दुई दिनपछि भुटानसँग खेल्नेछ ।
नेपालले मार्च २६ मा रसियासँग खेल्नेछ र मार्च २८ मा आयोजक बंगलादेशसँग प्रतियोगिताको समापन गर्नेछ । सिंगल राउण्ड रोबिन ढाँचामा खेलिने प्रतियोगिताको शीर्ष टोली च्याम्पियन हुनेछ ।
नेपाली टोली :
गोलकिपर : सुजाता तामाङ, रधिला ओली, करुण बुढाथोकी
डिफेन्डर : अञ्जना पुन मगर, प्रेरणा डोल्मा लामा, सीता रोकाया, अमिता भुल, सिमरन राई, विपना स्नेही, रेणु लिम्बु चाबेगु
मिडफिल्डर : माया मास्के, दीपा मगर, सुशीला केसी, झुमा विश्वकर्मा, सुक्रिया मिया, भावना परियार, पुनम चेम्जोङ
फरवार्ड : दीपा रोकाया, वर्षा ओली, सेनु परियार
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा छानबिन गर्न न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण