नेपाली यू–१७ महिला फुटबल टोलीको विदाइ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ यू–१७ महिला च्याम्पियनसिपका लागि बंगलादेश जाँदै गरेको यू–१७ राष्ट्रिय महिला टोलीलाई बिदाइ गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा उनीहरुको बिदाइ भएको हो । कार्यक्रममा एन्फाका कार्यवाहक अध्यक्ष तथा वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, कार्यवाहक महासचिव दामोदर भट्टराई, प्रवक्ता सुरेश शाह लगायतको उपस्थिति थियो ।
प्रतियोगितामा नेपाल, बंगलादेश, भुटान, भारत र रुसको सहभागिता रहेको छ । नेपालले प्रतियोगिताको उदघाटन खेलमा मार्च २० मा भारतसँग खेल्नेछ भने दुई दिनपछि भुटानसँग खेल्नेछ ।
नेपालले मार्च २६ मा रसियासँग खेल्नेछ र मार्च २८ मा आयोजक बंगलादेशसँग प्रतियोगिताको समापन गर्नेछ । सिंगल राउण्ड रोबिन ढाँचामा खेलिने प्रतियोगिताको शीर्ष टोली च्याम्पियन हुनेछ ।
नेपाली टोली :
गोलकिपर : सुजाता तामाङ, रधिला ओली, करुण बुढाथोकी
डिफेन्डर : अञ्जना पुन मगर, प्रेरणा डोल्मा लामा, सीता रोकाया, अमिता भुल, सिमरन राई, विपना स्नेही, रेणु लिम्बु चाबेगु
मिडफिल्डर : माया मास्के, दीपा मगर, सुशीला केसी, झुमा विश्वकर्मा, सुक्रिया मिया, भावना परियार, पुनम चेम्जोङ
फरवार्ड : दीपा रोकाया, वर्षा ओली, सेनु परियार
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
-
बीपी राजमार्गमा आजदेखि रात्रिकालीन सवारी सञ्चालनमा रोक
-
गाजामा मानवीय सहायता पर्खिरहेका कम्तीमा ३४ प्यालेस्टिनी इजरायली सेनाबाट मारिए
-
जसपा नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक आज
-
इजरायलसँगको तनावकाबिच इरानले भन्यो, ‘आक्रमण भइरहँदा वार्ता सम्भव छैन’
-
लिभरपुलद्वारा क्लब इतिहासकै महँगो मूल्यमा विर्ट्ज अनुबन्ध