युरोपा लिगको क्वाटरफाइनलमा युनाइटेडले सेभियासँग खेल्ने
शनिबार, ०४ चैत २०७९, ०६ : ३१
लण्डन । यूईएफएले युरोपा लिग फुटबलको क्वाटरफाइनलको ड्र सार्वजनिक गरेको छ । यूईएफएले शुक्रबार सार्वजनिक गरेको ड्र अनुसार प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले कीर्तिमानी विजेता टोली स्पेनिस क्लब सेभियालाई प्रतिद्वन्द्वी पाएको हो ।
युरोपा लिगमा युनाइटेडले उत्कृष्ट प्रदर्शन गर्दै आइरहेको छ । यता सेभिया युरोपा लिगको सर्वाधिक ६ पटकको विजेता टोली हो ।
त्यस्तै इटालियन क्लब युभेन्टसले पोर्चुगिज क्लब स्पोर्टिङ लिस्बनसँग खेल्नेछ । उता जर्मन क्लब बायर लिभरकुसेनले युनियन सेन्ट गिलोइसलाई आफ्नो प्रतिद्वन्द्वी पाउँदा फेयेनुर्डले रोमासँग खेल्नेछ । युरोपा लिगको पहिलो लेग अप्रिल १४ मा हुनेछ । त्यस्तै दोस्रो लेग अप्रिल २१ म सुरु हुनेछ ।
-(2)_KcP6yXq3jk.png)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण