उपराष्ट्रपति यादवको बास सहकारीको गेष्ट हाउसमा
शनिबार, ०४ चैत्र २०७९, २० : ३३
_n6kUvq0kPb.jpg)
काठमाडौँ । नवनिर्वाचित उपराष्ट्रपति रामसहाय यादव सहकारी विभागको गेष्ट हाउसमा बस्न थालेका छन् । शंखमुलमा रहेको भाडाको घरमा सुरक्षा चुनौती देखिएपछि उपराष्ट्रपति यादव तत्कालका लागि बानेश्वरस्थित विभागको गेष्ट हाउसमा बसेका हुन् ।
‘भाडाको घर साँघुरो भएको र भेटघाट बाक्लिएका कारण सुरक्षालाई मध्यनजर गर्दै उपराष्ट्रपति तत्कालका लागि गेस्ट हाउसमा बस्न थाल्नुभएको छ’ जनता समाजवादी पार्टीका एक नेताले भने । चैत ६ गते शपथग्रहण गरेपछि मात्र लैनचौरस्थित उपराष्ट्रपतिको सरकारी निवासमा सर्ने यादवको तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार हजारभन्दा बढी अफगान शरणार्थी घर फर्किए
-
फिलिपिन्स पानीजहाज आगलागी : मृत्यु हुनेको संख्या ३१ पुग्यो, ७ जना बेपत्ता
-
तरकारी खेतीबाट वार्षिक १२ लाख आम्दानी
-
सलमान खानलाई बम्बे उच्च अदालतबाट ठुलो राहत, के हो घटना ?
-
सीजीले ल्यायो नयाँ वर्षको अवसरमा २३% सम्मको क्यासब्याक र आकर्षक उपहार योजना
-
सरकार र मिटरब्याजी पीडितको वार्ता सकियो, ६ बजे फेरि बस्ने