जसपाका अध्यक्ष यादवले दिए नवनिर्वाचित उपराष्ट्रपतिलाई बधाई
शनिबार, ०४ चैत २०७९, २० : ५१

काठमाडौँ । जनता समजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नवनिर्वाचित उपराष्ट्रपति रामसहाय यादवलाई बधाई दिएका छन् । पार्टीका केही शीर्ष नेताका साथ बानेश्वरस्थित सहकारी विभागको गेष्ट हाउसमा पुगेर उपराष्ट्रपति यादवलाई अध्यक्ष यादवले बधाई दिएका हुन् । उपराष्ट्रपति यादव हाल सहकारीको गेष्ट हाउसमा बसिरहेका छन् ।
बधाई दिने क्रममा अध्यक्ष यादवले संविधान, लोकतान्त्रिक गणतन्त्रको रक्षामा उपराष्ट्रपति यादवको महत्त्वपूर्ण भूमिका रहने विश्वास लिएको बताएका छन् । उनले जनताको आशा र भरोसाको केन्द्रमा रहेर काम गर्न समेत उपराष्ट्रपतिलाई सुझाव दिएका छन् । जसपाले यादवलाई उपराष्ट्रपतिमा सिफारिस गरेको थियो । उनी बारा २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । यादव जसपाका कार्यकारिणी सदस्य पनि हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५५ वर्षको उमेरमा नागरिकता प्राप्त
-
सरकारबारे उपेन्द्र : भाषणमा आलोचना, वास्तविकतामा समर्थन
-
उभौलीको रौनक सुरु, टोलटोलमा साकेला सिली
-
लगानी बोर्ड बैठक : परियोजनाहरूको प्राथमिकीकरण र अद्यावधिक गर्ने निर्णय
-
विमानस्थलमा भैँसी आतङ्कबारे के भन्यो प्राधिकरणले ?
-
सरकारको बेरुजु ७३३ अर्ब नाघ्यो, एकैवर्ष थपियो ६३ अर्ब २८ करोड