कांग्रेस संसदीय दलको बैठक सुरु
आइतबार, ०५ चैत २०७९, १२ : २६

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ । संघीय संसद भवनस्थित ल्होत्से हलमा बसेको दलको बैठकले आज विहान बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकको निर्णय अनुमोदन गर्नेछ । कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने र सरकारमा सहभागी हुने निर्णय गरेको थियो । प्रधानमन्त्री प्रचण्डले सोमबार विश्वासको मत दिनुअघि कांग्रेसले उक्त निर्णय गरेको छ ।
यस्तै बैठकले मन्त्री छान्न चारवटा मापदण्ड बनाएको कांग्रेस प्रवक्ता महतको भनाइ छ । बैठकले संसदमा सत्ता पक्षको बेन्चमा बस्ने निर्णय पनि गरेको थियो । आज दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बस्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालगञ्जमा धुमधामले मनायो बकर इद
-
काठमाडौँ महानगरमा सबैभन्दा बढी भवन खाली गराइपाउँ भन्ने विवाद
-
कर्मचारीले नागरिकका समस्या र आवश्यकतालाई पहिलो प्राथमिकतामा राख्नुपर्छ : परराष्ट्रमन्त्री राणा
-
साइकल यात्राको महत्त्व बढ्दै गएको छ : मन्त्री यादव
-
आइतबारको संसद् बैठक सहज रूपमा सञ्चालन हुने सभामुख घिमिरेको सङ्केत
-
‘माउन्टेन फ्लाइट’ बाट सगरमाथा नियाल्दा, तस्बिरहरू