मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

प्रतिनिधिसभामा कांग्रेसको आसन परिवर्तन

आइतबार, ०५ चैत २०७९, १४ : ०२
आइतबार, ०५ चैत २०७९

काठमाडौँ । प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसले आसन परिवर्तन गरेको छ । आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेस सत्तापक्षको सिटमा र नेकपा एमाले प्रतिपक्षी दलको सिटमा बसेको छ । कांग्रेस सभामुखको आसनको दायाँतर्फ र एमाले बायाँतर्फको सिटमा बसेको हो ।  यसअघि फागुन १७ गते कांग्रेस र एमाले दुवै प्रतिपक्षमा बस्न खोजेपछि प्रतिनिधिसभाको बैठक नै स्थगित हुन पुगेको थियो । 

गत पुस १० गते एमालेको समर्थनमा प्रचण्ड नेतृत्वको सरकार बनेपछि कांग्रेस प्रतिपक्षमा बसेको थियो । पुष २६ गते प्रधानमन्त्रीलाई विश्वासको मत दिँदै सरकारलाई समर्थन गरे पनि कांग्रेस प्रतिपक्षमा बस्दै आएको थियो ।  आज बसेको नेपाली कांग्रेसको बैठकले भोलि प्रधानमन्त्रीले लिने विश्वासको मतको पक्षमा मत दिने र सरकारमा सहभागी हुने निर्णय गर्दै प्रतिनिधिसभाको सत्तापक्षको सिटमा बस्ने निर्णय गरेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप