प्रतिनिधिसभामा कांग्रेसको आसन परिवर्तन
काठमाडौँ । प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसले आसन परिवर्तन गरेको छ । आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेस सत्तापक्षको सिटमा र नेकपा एमाले प्रतिपक्षी दलको सिटमा बसेको छ । कांग्रेस सभामुखको आसनको दायाँतर्फ र एमाले बायाँतर्फको सिटमा बसेको हो । यसअघि फागुन १७ गते कांग्रेस र एमाले दुवै प्रतिपक्षमा बस्न खोजेपछि प्रतिनिधिसभाको बैठक नै स्थगित हुन पुगेको थियो ।
गत पुस १० गते एमालेको समर्थनमा प्रचण्ड नेतृत्वको सरकार बनेपछि कांग्रेस प्रतिपक्षमा बसेको थियो । पुष २६ गते प्रधानमन्त्रीलाई विश्वासको मत दिँदै सरकारलाई समर्थन गरे पनि कांग्रेस प्रतिपक्षमा बस्दै आएको थियो । आज बसेको नेपाली कांग्रेसको बैठकले भोलि प्रधानमन्त्रीले लिने विश्वासको मतको पक्षमा मत दिने र सरकारमा सहभागी हुने निर्णय गर्दै प्रतिनिधिसभाको सत्तापक्षको सिटमा बस्ने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीले कृषि विकासका लागि २ अर्ब बजेट छुट्ट्यायो
-
प्रधानमन्त्री देशको भन्दा छिमेकीको पक्षमा उभिए : शंकर पोखरेल
-
बागमती प्रदेशले ६ अर्ब ५१ करोड रुपैयाँ वित्तिय हस्तान्तरण गर्ने
-
‘करको दर हेरफेर गर्ने अर्थमन्त्री वाग्लेले तत्काल राजीनामा दिनुपर्छ’
-
बागमती सरकारले विपन्न परिवारलाई आवास उपलब्ध गराउने
-
सुरु भयो कर्णालीको बजेट भाषण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण