बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

मानिसका कारण झिँगा भइरहेछन् समलिङ्गी

आइतबार, ०५ चैत २०७९, १५ : ३१
आइतबार, ०५ चैत २०७९

फलफूलमा बस्ने झिँगा अब समलिङ्गी भइरहेका छन् । भालेले भालेसँग नै सम्बन्ध स्थापित गरिरहेका छन् किनभने उनीहरुले भाले र पोथीबीचको अन्तर बुझ्न सकिरहेका छैनन् । गल्ती उनीहरूको होइन । मानिसको हो । मानिसले फैलाइरहेको प्रदूषणका कारण ओजोनको स्तर बढ्दै गइरहेको छ जसका कारण फलफूलमा बस्ने झिँगामा लिङ्ग निश्चित गर्ने हर्मोन फेरोमोन्सको कमी भइरहेको छ ।

यी झिँगा फेरोमोन्सको सही मात्रा हुँदा मात्रै आफ्ना लागि सही पार्टनर खोज्न सक्छ । यदि यसमा कमी आएको छ भने भाले झिँगाले पोथीलाई छोडेर भालेसँग नै सम्बन्ध बनाउन थाल्छ । जर्मनको म्याक्स प्लेङ्क इन्स्टिच्युट फर केमिकल इकोलोजीका अनुसन्धानकर्ताले ओजोन ग्यासको मात्रा बढ्दा हुने दुष्प्रभावको अनुसन्धान गर्‍यो । त्यति बेला फ्रुट फ्लाइ अर्थात् फलफूलमा निर्भर हुने झिँगा Drosophila melanogaster अब तीव्र रूपमा समलिङ्गी भइरहेको पत्ता लाग्यो ।

भाले फ्रुट फ्लाइले फेरोमोन्सको स्राव गर्छ । यसमार्फत यी किराबीच भाले र पोथी खोज्न मद्दत मिल्छ । तर ओजोन प्रदूषणका कारण अब उनीहरू भाले झिँगातर्फ नै आकर्षित भइरहेका छ । यो शोध हालै नेचर कम्युनिकेसन जर्नलमा प्रकाशित भएको हो । फेरोमोन्सलाई cis-Vaccenyl Acetate पनि भनिन्छ । cVA मा डबल कार्बन बन्ड्स हुन्छन् । प्रदूषणका कारण यिनीहरूको अक्सिडाइजेशन हुन थाल्छ । त्यसैले भाले झिँगाको फेरोमोन्स कमजोर हुन थाल्छ ।

भाले झिँगा त्यसपछि अन्य झिँगासँग कुराकानी गर्न पनि सक्दैन । पोथी झिँगालाई चिन्न नै समस्या हुन्छ । भाले झिँगातर्फ आकर्षित हुने गर्छन् । यदि झिँगालाई १०० पिपिबी ओजोन स्तरको एक्सपोजर मात्रै हुन्छ भने पनि यिनीहरूको फेरोमोन्सको मात्रा तीव्र रूपमा खस्कने गर्छ । यदि १० भाले छन् भने सात मात्रै पोथी भए ठाउँ जान सकिरहेका छन् । तीनले समलिङ्गी सम्बन्ध बनाइरहेका छन् ।

वैज्ञानिकले भाले झिँगालाई सङ्कलन गरे । यिनीहरूलाई दुई घण्टाका लागि 100 ppb स्तरको ओजोन प्रदूषणमा राखिदिए । वैज्ञानिकले भाले झिँगामा cVA को स्तर तीव्र रूपमा खस्किएको देखे । त्यसपछि यिनीहरूको सम्भोगको प्रक्रिया बुझ्नका लागि ३० भाले झिँगालाई ५० देखि 200 ppbको स्तरमा राखियो । त्यसपछि यिनीहरूको यौनिक क्रियाकलापलाई अनुसन्धानको दायरामा राखियो । प्रदूषमा बसेका भाले झिँगाले आफ्नो अगाडि भएका झिँगा भाले हुन् वा पोथी भनेर छुट्टाउन सकिरहेका थिएनन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप