एल क्लासिको : रियललाई हराउँदै बार्सालाई १२ अंकको अग्रता
बार्सिलोना । फ्रांक केइसीले खेलको इन्जुरी समयमा नाटकीय गोल गरेपछि आइतबार राति भएको एल क्लासिकोमा बार्सिलोनाले चिर प्रतिद्वन्द्वी रियल मड्रिडलाई २–१ गोलले पराजित गरेको छ । जीतसँगै ला लिगाको शीर्ष स्थानमा बार्सिलोनाले १२ अंकको अग्रता बनाउन सफल भएको छ ।
बार्साको घरेलु मैदानमा भएको खेलमा अग्रता भने रियलले लिएको थियो । भिनिसियस जुनियरको क्रसलाई रोनाल्ड अरुहोले आफ्नै पोस्टमा छिराएपछि खेलको नवौँ मिनेटमा नै रियलले गोल गरेको थियो । तर, पहिलो हाफको अन्त्यमा सर्जी रोबर्टोले खेल बराबरी गरे ।
दोस्रो हाफमा मार्को असेन्सियोको अफसाइड भन्दै रद्द गरिएको थियो । त्यसपछि खेलको ९२ औँ मिनेटमा केइसीले गोल गर्दै बार्सालाई ३ अंक दिलाए । १२ खेल बाँकी रहँदा बार्सा सन् २०१८–१९ सिजनपछि पहिलोपटक ला लिगा जित्ने नजिक पुगेको छ । २६ खेलपछि बार्साको ६८ अंक रहेको छ भने साबिक विजेता रियल ५६ अंकमा सीमित बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण