बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

जसपाद्वारा उपराष्ट्रपति यादवको राजीनामा स्वीकृत

सोमबार, ०६ चैत २०७९, ११ : ३९
सोमबार, ०६ चैत २०७९

काठमाडौँ । नवनिर्वाचित उपराष्ट्रपति रामसहाय यादवले जनता समाजवादी पार्टीबाट दिएको राजीनामा स्वीकृत भएको छ ।

जसपाका कार्यकारिणी सदस्य समेत रहेका यादवले चैत ३ गतेदेखि लागू हुनेगरी पार्टीको साधारण सदस्य समेत नरहने गरि पदबाट राजीनामा दिएका थिए । जसपाका अध्यक्ष उपेन्द्र यादवले आज उनको राजीनामा स्वीकृत गरेको सो पार्टीका प्रवक्ता मनिष सुमनले जानकारी दिए ।

चैत ३ गते उपराष्ट्रपतिमा निर्वाचित भएका यादवले आज पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप