गठबन्धन संस्कारमा अभ्यस्त हुनुको विकल्प छैन : देउवा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनको संस्कृतिको विकल्प नभएको बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको विश्वासको मतको प्रस्तावमाथि बोल्दै उनले भने, ‘मिश्रित निर्वाचन प्रणालीमा एक मात्र दलले प्रतिनिधिसभामा बहुमत ल्याउन नसक्ने अवस्था छ । त्यसैले गठबन्धनको संकृतिलाई आत्मसात् गर्नुपरेको छ । त्यसैले हामी गठबन्धनको संस्कारमा अभ्यस्त हुँदै जानुको विकल्प छैन ।’
यद्यपि मिश्रित निर्वाचन प्रणालीले समावेशी समाज निर्माण गर्ने उदेश्यलाई सार्थक तुल्याएको उनको भनाइ थियो । ‘त्यसले सबैको प्रतिनिधित्व गरेको छ । राजनीतिक गठबन्धनहरु आत्मकेन्द्रित, स्वार्थ प्रेरित र क्षणिक अस्थिरता ल्याउने हुनुहुँदैन । देश र जनताको पक्षमा संविधानको रक्षा, विकास तथा अमन चयनमा केन्द्रत हुनुपर्छ ।’
पुस २६ गते पनि संविधानको रक्षा र स्थिरिताका लागि सरकारलाई विश्वासको मत दिएको भन्दै अहिले पनि त्यसको पक्षमा उभिने देउवाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण