राजनीतिक स्थिरता र समृद्धिको पक्षमा हमेसा उभिरहने बाचा गर्दैछौं : देउवा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजनीतिक स्थिरता र समृद्धिको पक्षमा हमेसा उभिरहने बाचा गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको विश्वासको मतको प्रस्तावमाथि बोल्दै उनले भने, ‘राजनीतिक स्थिरिता र देशको समृद्धिको पक्षमा हमेसा उभिएका छौं । र उभिरहने बाचा गर्दैछौं ।’
त्यसैले प्रधानमन्त्रीले पहिलो पकट विश्वासको मत लिँदा संसदमा प्रतिपक्षमा रहेर पनि विश्वासको मत दिएको उनको भनाइ छ । ‘त्यो मतदान राजनीति स्थिरताका लागि थियो । मैले त्यही बेला भनेको थिएँ – संसदको अधिवेशनको प्रारम्भमा नै अस्थिरताका आवाज उठ्न थालेका छन् । मुलुक अस्थिरता र अन्योलतामा जाने अवस्था बनेको छ ।’
उनले अगाडि भने,‘हामीले प्रतिनिधिसभाको पूर्ण कार्यकालको सुनिश्चितता र समग्रमा राजनीतिक स्थिरिताका लागि विश्वासको मतको प्रस्तावको पक्षमा मतदान गरेका थियौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण