अस्पतालमा उपचाररत बिरामी जुगाडखोलामा मृत भेटिए
जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचारार्थ भर्ना भएका एक बिरामी अस्पताल नजिकैको खोलामा मृत अवस्थामा फेला परेका छन् ।
तातोपानी गाउँपालिका– ५, लाम्राका ७३ वर्षीय लल्लु सार्की ६ दिनदेखि प्रतिष्ठानमा उपचार गराइरहेका थिए । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक यामबहादुर बुढामगरका अनुसार आइतबार राति साढे १२ बजेको समयमा उनी अस्पतालको कम्पाउन्डदेखि बाहिर निस्किएको जानकारी प्राप्त भएको छ ।
अस्पताल बाहिर निस्केर उनी लडेको र बेहोस भएर खोलामै बसिरहँदा मृत्यु भएको हुन सक्ने अनुमान गरिएको प्रहरी निरीक्षक बुढामगरले जानकारी दिए ।
बिरामी हराएको खबर प्राप्त हुने बित्तिकै जिल्ला प्रहरी कार्यालय जुम्लाले खोजतलासका लागि प्रहरीको टोली परिचालन गरेको थियो । बिरामीका आफन्तहरुले भर्ना भएको बिरामी अस्पताल बाहिर निस्किनुमा अस्पतालको लापरबाही भएको आरोप लगाएका छन् । यद्यपि, लल्लु अस्पताल बाहिर निस्केको उनकै कुरुवा बसेकी श्रीमतीले समेत थाहा पाइनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण