आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

अस्पतालमा उपचाररत बिरामी जुगाडखोलामा मृत भेटिए

सोमबार, ०६ चैत २०७९, १४ : ५६
सोमबार, ०६ चैत २०७९

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचारार्थ भर्ना भएका एक बिरामी अस्पताल नजिकैको खोलामा मृत अवस्थामा फेला परेका छन् ।

तातोपानी गाउँपालिका– ५, लाम्राका ७३ वर्षीय लल्लु सार्की ६ दिनदेखि प्रतिष्ठानमा उपचार गराइरहेका थिए । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक यामबहादुर बुढामगरका अनुसार आइतबार राति साढे १२ बजेको समयमा उनी अस्पतालको कम्पाउन्डदेखि बाहिर निस्किएको जानकारी प्राप्त भएको छ ।

अस्पताल बाहिर निस्केर उनी लडेको र बेहोस भएर खोलामै बसिरहँदा मृत्यु भएको हुन सक्ने अनुमान गरिएको प्रहरी निरीक्षक बुढामगरले जानकारी दिए ।

बिरामी हराएको खबर प्राप्त हुने बित्तिकै जिल्ला प्रहरी कार्यालय जुम्लाले खोजतलासका लागि प्रहरीको टोली परिचालन गरेको थियो । बिरामीका आफन्तहरुले भर्ना भएको बिरामी अस्पताल बाहिर निस्किनुमा अस्पतालको लापरबाही भएको आरोप लगाएका छन् । यद्यपि, लल्लु अस्पताल बाहिर निस्केको उनकै कुरुवा बसेकी श्रीमतीले समेत थाहा पाइनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप