तनहुँ १ र बारा २ को उपनिर्वाचन : यस्तो छ निर्वाचन कार्यक्रम

काठमाडौँ । निर्वाचन आयोगले तनहुँ १ र बारा २ मा आगामी वैशाख १० गते हुने तय भएको उपनिर्वाचनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । आयोगको सोमबार बसेको बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७ बमोजिम निर्वाचन कार्यक्रम स्वीकृत गरेको हो ।
जसअनुसार चैत १६ गते उपनिर्वाचन प्रयोजनको निम्ति आयोगबाट स्वीकृत अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ । त्यसैगरी चैत १८ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना, चैत २० गते उम्मेदवारको मनोनयन दर्ता र चैत २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिन्ह प्रदान गरिनेछ ।
उक्त उपनिर्वाचन प्रयोजनको लागि निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई चैत ८ गतेदेखि १२ गतेसम्म दल दर्ता गर्ने समय प्रदान गरिएको छ ।
आयोगले गत फागुन १ को निर्णय अनुसारको मतदाता नामावली अद्यावधिक (दाबी विरोध समेत) बमोजिमको मतदाता नामावलीको आधारमा दुई जिल्लाको उपनिर्वाचन सम्पन्न गर्ने निर्णय पनि गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेटा अस्पतालले माग्यो जनशक्ति
-
लुम्बिनी सम्पूर्ण नेपालीको गौरवको केन्द्र : मुख्यमन्त्री आचार्य
-
बुद्धले ‘मैले भनेको भन्दैमा विश्वास नगर’ भनेर कहाँ र कुन परिवेशमा भनेका थिए ?
-
सुदूरपश्चिमका स्थानीय तहका कर्मचारी पुनः आन्दोलनमा, सेवाप्रवाह प्रभावित
-
अभिनेत्री उषा पौडेलले अमेरिकामा गरिन् विवाह
-
गणतन्त्रविरुद्ध राजावादी एकजुट, ज्ञानेन्द्रको भूमिकाप्रति शङ्का