सडकको शिलान्यास गर्न प्रधानमन्त्री भोलि गोरखा जाने
सोमबार, ०६ चैत २०७९, १८ : २४

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मंगलबार गोरखा जाने भएका छन् । पालुङटार नगरपालिकाको बिमिरेमा पन्थहिटी-कटहरे-हर्मी-साहिलटार सडक स्तरोन्नति योजनाको शिलान्यास गर्न प्रधानमन्त्री प्रचण्ड गोरखा जान लागेका हुन् ।
प्रधानमन्त्री प्रचण्डसँगै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ समेत गोर्खा जाने कार्यक्रम छ ।
यस योजना अन्तर्गत पन्थहिटीदेखि साहिलटारसम्मको झण्डै साढे २० किलोमिटर सडक चौडा गर्ने, नाली र टेवा पर्खाल निर्माण गर्ने तथा डबल लेन कालोपत्रे हुनेछ । भारतीय एक्जिम बैंकसँगको विकास साझेदारीमा निर्माण हुने योजनाको लागत ८० करोड रुपैयाँ छ।
वूड हिल-लामा जेभी, महाराजगञ्जले ३० महिनामा सक्नेगरी सडकको ठेक्का पाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउदी अरबमा अलपत्र परेका नेपालीको उद्धार गर्न माग
-
खाली नालीमा फोहोर थुप्रिदा अत्तरियामा डुबानको समस्या
-
सङ्घीयताप्रतिको बुझाइ नै बेठिक भयो : जनार्दन शर्मा
-
खोप लगाउन छुटेकालाई आज पुनः सेवा दिइँदै
-
दोस्रो चरणको अभियानमा भाग लिन माओवादी शीर्ष नेताहरू भोलि डडेलधुरा जाँदै
-
भारतीय विदेश मन्त्री जयशंकरको सुरक्षा बढाइयो