कर्मचारी मागसम्बन्धी सूचना प्रति नेपाल चिकित्सक संघको आपत्ति
काठमाडौँ । नेपाल चिकित्सक संघले भरतपुर अस्पतालले मेडिकल अधिकृत ८ औँ तहको कर्मचारीका लागि मासिक ज्यालादारीमा विज्ञापन निकालेको भन्दै आपत्ति जनाएको छ । मंगलबार सूचना जारी गरी संघले डाक्टरलाई मासिक ज्यालादारीमा नभई स्थायी पदपूर्ति गर्न माग गरेको हो ।
संघका महासचिव डा.सञ्जीव तिवारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भरतपुर अस्पतालले कर्मचारी आवश्यकता सम्बन्धी सूचना प्रचलित ऐन, कानुन विपरीत भएको भन्दै सच्याउन माग गरिएको छ । ‘स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रमा सेवा गर्न चाहने विशेषज्ञ चिकित्सकको सुरुको नियुक्ति ९ औँ तहबाट हुने प्रचलित ऐन, कानुन विपरीत मासिक ज्यालादारीमा मेडिकल अधिकृतलाई ८ औँ तहको मेडिकल अधिकृत भनी प्रकाशित गरिएको सूचना अविलम्ब सच्याइयोस्’ प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
चिकित्सकीय पेसालाई हतोत्साहित गर्ने गरी गरिएको त्रुटिपूर्ण सूचनाले सम्पूर्ण चिकित्सकहरूको मनोबलमा गम्भीर असर पुर्याएको महासचिव डा. तिवारीद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
-
कंगोमा विद्रोहीको आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित
-
विपद्ले निम्त्याउँदैछ अर्बौंको क्षति, तर पूर्वतयारीमा सरकारको बेवास्ता
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्य स्वार्थ बाझिने बैठकमा सहभागी हुन नपाउने
-
एमालेको २ दिने कार्यशाला : ओलीले उद्घाटन गरे, शंकरले गर्दैछन् समापन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण