बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय

कर्मचारी मागसम्बन्धी सूचना प्रति नेपाल चिकित्सक संघको आपत्ति

मङ्गलबार, ०७ चैत २०७९, १३ : ४७
मङ्गलबार, ०७ चैत २०७९

काठमाडौँ । नेपाल चिकित्सक संघले भरतपुर अस्पतालले मेडिकल अधिकृत ८ औँ तहको कर्मचारीका लागि मासिक ज्यालादारीमा विज्ञापन निकालेको भन्दै आपत्ति जनाएको छ । मंगलबार सूचना जारी गरी संघले डाक्टरलाई मासिक ज्यालादारीमा नभई स्थायी पदपूर्ति गर्न माग गरेको हो ।

संघका महासचिव डा.सञ्जीव तिवारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भरतपुर अस्पतालले कर्मचारी आवश्यकता सम्बन्धी सूचना प्रचलित ऐन, कानुन विपरीत भएको भन्दै सच्याउन माग गरिएको छ । ‘स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रमा सेवा गर्न चाहने विशेषज्ञ चिकित्सकको सुरुको नियुक्ति ९ औँ तहबाट हुने प्रचलित ऐन, कानुन विपरीत मासिक ज्यालादारीमा मेडिकल अधिकृतलाई ८ औँ तहको मेडिकल अधिकृत भनी प्रकाशित गरिएको सूचना अविलम्ब सच्याइयोस्’ प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

चिकित्सकीय पेसालाई हतोत्साहित गर्ने गरी गरिएको त्रुटिपूर्ण सूचनाले सम्पूर्ण चिकित्सकहरूको मनोबलमा गम्भीर असर पुर्‍याएको महासचिव डा. तिवारीद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप