हरिवनबाट भन्सार छलीको सुर्ती बरामद
मङ्गलबार, ०७ चैत २०७९, १५ : ३२
काठमाडौँ । सर्लाहीको हरिवन नगरपालिका–११ बाट सशस्त्र प्रहरीले भन्सार छलीको सुुर्ति बरामद गरेको छ । गण नम्बर–१० सर्लाहीबाट खटिएको टोलीले भन्सार छलेको सुर्ती बरामद गरेको सशस्त्र प्रहरी प्रवक्ता (डीआईजी) पुरुषोत्तम थापाले रातोपाटीलाई बताए ।
हरिवन नगरपालिका–११ मा रहेको राजेश जनरल स्टोरका सञ्चालक तेज नारायण शाहको घरमा लुकाएर राखेको अवस्थामा सशस्त्रले २६० केजी खुल्ला सुर्ती बरामद गरेको छ । लुकाई छिपाई राखेको अवस्थामा सशस्त्र प्रहरी र राजस्व करदाता सेवा कार्यालय लालबन्दीको टोलीले छापा मार्दा १० बोरा खुला सुर्ती, प्याकेट सुर्ती ७ सय प्याकेट र रजनीगन्धा १० प्याकेट भेटिएको छ ।
सो सामान कारबाहीका लागि सर्लाही भन्सार कार्यालय मलंगवामा बुझाइएको छ । बरामद सामानको मूल्य १ लाख ६७ हजार कायम गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण