हरिवनबाट भन्सार छलीको सुर्ती बरामद
मङ्गलबार, ०७ चैत २०७९, १५ : ३२
काठमाडौँ । सर्लाहीको हरिवन नगरपालिका–११ बाट सशस्त्र प्रहरीले भन्सार छलीको सुुर्ति बरामद गरेको छ । गण नम्बर–१० सर्लाहीबाट खटिएको टोलीले भन्सार छलेको सुर्ती बरामद गरेको सशस्त्र प्रहरी प्रवक्ता (डीआईजी) पुरुषोत्तम थापाले रातोपाटीलाई बताए ।
हरिवन नगरपालिका–११ मा रहेको राजेश जनरल स्टोरका सञ्चालक तेज नारायण शाहको घरमा लुकाएर राखेको अवस्थामा सशस्त्रले २६० केजी खुल्ला सुर्ती बरामद गरेको छ । लुकाई छिपाई राखेको अवस्थामा सशस्त्र प्रहरी र राजस्व करदाता सेवा कार्यालय लालबन्दीको टोलीले छापा मार्दा १० बोरा खुला सुर्ती, प्याकेट सुर्ती ७ सय प्याकेट र रजनीगन्धा १० प्याकेट भेटिएको छ ।
सो सामान कारबाहीका लागि सर्लाही भन्सार कार्यालय मलंगवामा बुझाइएको छ । बरामद सामानको मूल्य १ लाख ६७ हजार कायम गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तान: सेनाको कारबाहीमा दश सन्दिग्ध चरमपन्थी मारिए
-
उदयपुर सिमेन्टसहित २५ करदाताको नाममा सूचना जारी
-
व्यवसाय दर्ता र कर सचेतनाका लागि पोखरा महानगर र क्याम्पसहरूबिच समझदारी
-
‘फूल लाग्ने समयमा पर्याप्त पानी नभए मकै शत प्रतिशत नोक्सान हुन्छ’
-
प्रिमियर लिगमा चेल्सी र लिभरपुलको गोल वर्षा
-
ओलीका ‘छोरी’हरु बालकोटमा, घरकै आँगनमा फुटबल खेले