शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

यी हुन् अखिल क्रान्तिकारीले हालसम्म जितेका ६१ कलेज (सूचीसहित)

मङ्गलबार, ०७ चैत २०७९, १५ : ४४
मङ्गलबार, ०७ चैत २०७९

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत आइतबार सम्पन्न स्ववियु निर्वाचनको मत परिणाम अन्तिम चरणमा पुगेको छ । निर्वाचन भएका अधिकांश क्याम्पसका मत परिणाम सार्वजनिक भइसकेको छ । 

केहीमा भने मतगणना जारी छ । हालसम्म २५० भन्दा बढी कलेजहरूको निर्वाचन सम्पन्न भएको देखिन्छ । त्रिविका ६२ वटा आंगिक क्याम्पसहरूमध्ये १७ क्याम्पसमा निर्वाचन हुन सकेन । काठमाडौँ उपत्यकाका २२ वटा मध्ये ८ वटा आंगिक क्याम्पसमा निर्वाचन हुन सकेको छैन भने उपत्यका बाहिरका ४० वटा आंगिक मध्ये ९ वटामा निर्वाचन रोकिएको छ । 

देशभरबाट प्राप्त विवरण अनुसार अखिल क्रान्तिकारीले हालसम्म ६१ कलेजको स्ववियु निर्वाचन जितेको छ । विभिन्न ६१ वटा कलेजको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीले जितेको विवरण सार्वजनिक भएको हो ।  

अखिल क्रान्तिकारीले हालसम्म जितेका कलेजहरू र तिनका सभापति : 

१) सिन्जा बहुमुखी क्याम्पस सिन्जा, जुम्ला – सन्तोष आचार्य  

२) स्यार्पु बहुमुखी क्याम्पस, रुकुम पश्चिम – किरण विश्वकर्मा

३) सानोभेरी शिक्षा क्याम्पस, रुकुम पश्चिम – वीरभान भण्डारी 

४) सितल क्याम्पस चौरजाहारी, रुकुम पश्चिम – निराजन केसी

५) चतुर्देव हिरा सुरेन्द्र पूर्ण क्याम्पस रातापानी, मुगु – मनसुर कार्की (निर्विरोध) 

६) बन्गाड क्याम्पस, सल्यान – अजय विष्ट

७) फारुला बहुमुखी क्याम्पस दार्मा, सल्यान – वरुण न्यौपाने 

८) लिकु संयुक्त क्याम्पस, डोल्पा – रनचन्द्र शाही

९) जाजरकोट छेडागाड जनज्ञानकुञ्ज क्याम्पस, जाजरकोट – जागेश्वर थापा

१०) गुराँस बहुमुखी क्याम्पस, बर्दिया – सन्जोग श्रेष्ठ 

११) चन्द्रकोट बहुमुखी क्याम्पस चन्द्रकोट, गुल्मी – प्रभा पौडेल

१२) मरिण बहुमुखी क्याम्पस, सिन्धुली – विज्ञान दोर्जे बल

१३) सुनकोसी क्याम्पस, सिन्धुली – विनिता न्यौपाने

१४) शिद्धज्योति शिक्षा क्याम्पस, सिन्धुली – गोविन्द पहाडी

१५) गोरखा क्याम्पस, गोरखा – विष्णु पाण्डे

१६) कंकलिङ क्याम्पस, सिन्धुपाल्चोक – लक्ष्मण घिसिङ  

१७) चौतारा बहुमुखी क्याम्पस, सिन्धुपाल्चोक – अमृत श्रेष्ठ 

१८) नेत्रावती सामुदायिक बहुमुखी क्याम्पस, धादिङ – सीता निमल्सिना 

१९) पालुङ बहुमुखी क्याम्पस, मकवानपुर – पुष्कल श्रेष्ठ

२०) रवि क्याम्पस, पाँचथर – चन्द्रहाङ लावती

२१) सहयोगी बहुमुखी क्याम्पस, काठमाडौँ – प्रदीप श्रेष्ठ 

२२) जनकल्याण बहुमुखी क्याम्पस, सल्यान – एकराज ओली

२३) पद्मोदय क्याम्पस, दाङ – विष्णु गोराथोकी 

२४) झिमरुक बहुमुखी क्याम्पस, प्युठान – नरेश पुनमगर

२५) सिस्ने शिक्षा क्याम्पस, रुकुम (पूर्व) – जयमान बुढा मगर

२६) जनज्योति बहुमुखी क्याम्पस, गुल्मी – जीवन पौडेल

२७) विपि कोईराला संस्कृत क्याम्पस, सोलुखुम्बु – मोहन बस्नेत

२८) कुमारी नमुना बहुमुखी क्याम्पस, नुवाकोट – सिर्जना न्यौपाने 

२९) भाषा क्याम्पस, धनकुटा – सरोज थापा 

३०) बौद्ध बहुमुखी क्याम्पस, काठमाडौँ – जीवन तिरुवा 

३१) मार्क ईन्टरनेशनल क्याम्पस, दाङ – समिरजंग मल्ल 

३२) सिम्रुतु क्याम्पस, रुकुम – निर्मला बुढाथोकी

३३) गोकुलेश्वर बहुमुखी क्याम्पस, दार्चुला – नवीन विष्ट

३४) गोरखा क्याम्पस (मोडेल कलेज) तुल्सिपुर, दाङ – नयमेसन चौधरी

३५) चन्द्रदोय बहुमुखी क्याम्पस, धादिङ – सन्जित सुवेदी

३६)  जय बागेश्वरी बहुमुखी क्याम्पस, धादिङ – नबराज त्रिपाठी 

३७) आदर्श बहुमुखी क्याम्पस, धादिङ – गणेश पाण्डे 

३८) अमरज्योती बहुमुखी क्याम्पस, नुवाकोट – दीक्षा मिश्र

३९) मोहन्याल बहुमुखी क्याम्पस भजनी, कैलाली – अर्जुन खत्री

४०) खदम क्याम्पस, मोरङ – सीमान्त लुइँटेल

४१) रामपुर बहुमुखी क्याम्पस, कञ्चनपुर – सरस्वती तिरुवा

४२) प्रताप स्मृति कलेज, दोलखा – रुपेश अर्याल

४३) क्षेत्रपाल क्याम्पस लिखु, नुवाकोट – नविन आचार्य

४४) मछिन्द्र बहुमुखी क्याम्पस, धादिङ – अनिल उप्रेती 

४५ ) श्रेङ्गेश्वर बहुमुखी क्याम्पस, गुल्मी – विशाल थापा

४६) सानोठिमी क्याम्पस, भक्तपुर – रेशमलाल श्रेष्ठ

४७) नेपाल ल क्याम्पस, काठमाडौँ – विष्णु ढुंगेल 

४८) जनता बहुमुखी क्याम्पस पुनर्वास, कञ्चनपुर – मनोज साउद 

४९) तिला कर्णाली बहुमुखी क्याम्पस, कालिकोट – हिक्मत सिंह 

५०) हिमालय कलेज अफ इन्जिनियरिङ, ललितपुर – अभिषेक थापा 

५१)  नलगाड बहुमुखी क्याम्पस, जाजरकोट – टेकबहादुर खत्री

५२) शान्ति आदर्श क्याम्पस चौघानपाटा, बझाङ – सागर पण्डित (निर्विरोध) 

५३) जुगल बहुमुखी क्याम्पस, सिन्धुपाल्चोक – सुदर्शन अर्याल

५४) आबुखैरेनी क्याम्पस, तनहुँ – निशान थापा मगर (अखिल क्रान्तिकारीबाट नेविसंघसँग तालमेल) 

५५) चतुर्भूजेश्वर जनता बहुमुखी क्याम्पस, हरिवन सर्लाही – प्रेमराज दाहाल (चुनावी तालेमल) 

५६) अमर सहिद बहुमुखी क्याम्पस, राजापुर बर्दिया – राजेश राजवंशी थारु

५७) देउखुरी बहुमुखी क्याम्पस, लमही दाङ – भरत भुसाल 

५८) त्रियुगा जनता बहुमुखी क्याम्पस, उदयपुर – सरोज कार्की

५९) मकवानपुर बहुमुखी क्याम्पस, हेटौडा मकवानपुर – छोइसाङ लामा (तामाङ) 

६०) जनचेतना बहुमुखी क्याम्पस, कालीकोट – पार्वती संजाल

६१) राडिज्यूला शिक्षा क्याम्पस, रूकुम पश्चिम – दीपक केसी 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप