दलितहरुले सयौँ वर्षसम्म सम्झनेगरी केही घोषणा गर्दैछुः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो कार्यकालमा दलित समुदायको लागि विशेष कार्यक्रम घोषणा हुने बताएका छन् ।
मंगलवार ५८ औँ अन्तर्राष्ट्रिय जातिय भेदभाव उन्मुलन दिवस(२१ मार्च)को सन्दर्भमा काठमाडौंमा आयोजित सार्वजनिक समारोह कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आफ्नो कार्यकालमा दलित समुदायका लागि विशेष कार्यक्रम घोषणा हुने बताएका हुन ।
उनले आफ्नो यो कार्यकालमा दलित समुदायले सयौँ वर्षसम्म सम्झनेगरी केही कार्यक्रम घोषणा गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले दलित समुदायका माग र मुद्दाहरुको सम्बोधन अहिलेको परिस्थितिमा आफूले बाहेक अरुले गर्न नसक्ने पनि बताए ।
उनले भने, ‘अहिले भर्खरै पर्सुरामजीले २० सुत्रिय माग भनेर जे राख्नुभएको छ, मलाई लाग्छ, नेपालको आजको मितिमा, म सधैँ भन्दिनँ, आजको दिनमा मैले गर्न सके त्यो अगाडी जान्छ । अरुले गर्ने स्थिति मैले देखेको छैन । त्यसकारण म तपाईहरुको अगाडी आजको यो ऐतिहासिक दिनमा के घोषणा गर्न चाहान्छु भने मेरो यो कार्यकालमा दलितहरुले भविष्यसम्म, सयौँ वर्षसम्म सम्झिनेगरी केही घोषणा म गर्दैछु । म गर्नेछु । यो विश्वास र प्रतिवद्धता म तपाईहरुको अगाडी व्यक्त गर्न चाहन्छु ।’
प्रधानमन्त्री दाहालले दलित समुदायको हक र अधिकारको निम्ति सिंगो राज्य र राज्यका निकायहरु जिम्मेवारपूर्ण हुनुपर्नेमा सरकार स्पष्ट रहेको बताए । उनले दलित समुदायको विकास र उन्नतिका लागि राज्यले क्षतिपूर्तिसहितको विशेषाधिकार दिनुपर्ने बताए ।
उनले दलित समुदायले आज पाएका संवैधानिक र कानूनी हक, अधिकारहरु जनयुद्धको उपलब्धिको रुपमा आएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समाजवादी महिला संघ नेपालको अध्यक्षमा निर्मला यादव निर्वाचित
-
फ्रिजमा राख्नै हुन्न यी खानेकुरा
-
किन राजीनामा दिन बाध्य भइन् जनमतकी सांसद गुरुङ ?
-
यौन दुर्व्यवहारमा दोषी ठहरिए फ्रान्सेली अभिनेता जेराद
-
नीति तथा कार्यक्रमबारे ज्ञानेन्द्र : नखाऊँ भने दिनभरीको सिकार, खाउँ भने कान्छाबाउको अनुहार
-
नेपाली एसटीसी ब्याट्री उद्योगको उत्पादन आयातितभन्दा ४० प्रतिशत सस्तो, भारतमा निर्यात सुरु