ललितपुरमा बुस्टर डोजको दोस्रो मात्रा दिइने
ललितपुर । ललितपुरमा कोरोना रोग प्रतिरोधात्मक क्षमता बढाउन बुस्टर डोजको दोस्रो मात्रा दिइने भएको छ। स्वास्थ्य कार्यालय ललितपुरले आगामी बिहीबार र शुक्रवार दुई दिन जिल्लाका ६ वटै स्थानीय तहका सबै वडाका जोखिम समूह पहिचान गरेर फाइजर–बायोएनटेक भ्यालेण्ट एडल्ट बुस्टर डोज दिन लागेको हो।
स्वास्थ्य कार्यालय ललितपुरका वरिष्ठ जनस्वास्थ्य प्रशासक तथा प्रमुख सतिश विष्टले मंगलबार पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार ६ वटै स्थानीय तहका ५५ वर्षमाथिका वृद्धलाई बुस्टर डोजको दोस्रो मात्रा दिन लागेको हो।
यस्तै अभियानमा फ्रन्टलाइनर स्वास्थ्यकर्मी, गर्भवती महिला र दीर्घ रोग भएका १२ वर्षमाथिका नागरिकलाई पहिलो चरणमा खोप दिइनेछ।
‘पहिलो चरणमा ९ र १० गते ३१ हजार खोप दिन्छौँ,’ विष्टले भने, ‘त्यसका लागि स्थानीय तह अनुसार वितरण व्यवस्था मिलाइएको छ। ललितपुर महानगरपालिकामा १५ हजार, महालक्ष्मी नगरपालिकामा ५७२४, गोदावरी नगरपालिकामा ३१८८, महांकाल गाउँपालिकामा ८८६, कोन्ज्योसोम गाउँपालिकामा ७४९ र बागमतीमा ४९० जनालाई फाइजर“बायोएनटेक भ्यालेन्ट एडल्ट बुस्टर डोज खोप लगाउँछौँ।’
जिल्लामा ६४ हजारलाई बुस्टर डोज दिनुपर्ने प्रारम्भिक आँकडा रहेको विष्टले बताए। ५५ वर्ष माथिका सबै नागरिकहरूलाई पहिलो बुस्टर नलगाएकाहरूलाई पहिलो बुस्टर र पहिलो बुस्टर लगाएर ६ महिना पुगेकालाई दोस्रो बुस्टर मात्रा दिने उनको भनाई छ।‘जिल्लामा प्रचारात्मक रूपमा लगाइने खोप कार्यक्रम प्रभावकारी भएपछि थप खोप माग गर्छौँ, खोपका लागि सबै स्थानीय सरकार तयार रहेको, जोखिममा परेका समूह पहिचान गरेर बुस्टर दोस्रो मात्रा दिन लागिएको हो,’ विष्टले थपे।
महांकाल गाउँपालिकाले भने नियमित खोप कार्यक्रममा सहभागी गराउने गरी १०, ११ र १२ गते बुस्टर डोज कार्यक्रम गर्ने स्वास्थ्य कार्यालय ललितपुरका वरिष्ठ अधिकृत पार्थमणि न्यौपानेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजपाको आन्दोलनरत पक्षलाई विभागले वार्तामा बोलायो
-
जसपा नेपालको केन्द्रीय समिति बैठक आज पनि
-
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै
-
राष्ट्रपतिको सम्बोधनमा सहयोग गर्न कांग्रेसलाई प्रधानमन्त्रीको आग्रह
-
नेपाल फेसन फेस्टिभल २०२४ आयोजना हुने
-
बागमती प्रदेशसभा बैठक बस्दै, नीति तथा कार्यक्रमको प्राथमिकता पेस गरिने