ललितपुरमा बुस्टर डोजको दोस्रो मात्रा दिइने
ललितपुर । ललितपुरमा कोरोना रोग प्रतिरोधात्मक क्षमता बढाउन बुस्टर डोजको दोस्रो मात्रा दिइने भएको छ। स्वास्थ्य कार्यालय ललितपुरले आगामी बिहीबार र शुक्रवार दुई दिन जिल्लाका ६ वटै स्थानीय तहका सबै वडाका जोखिम समूह पहिचान गरेर फाइजर–बायोएनटेक भ्यालेण्ट एडल्ट बुस्टर डोज दिन लागेको हो।
स्वास्थ्य कार्यालय ललितपुरका वरिष्ठ जनस्वास्थ्य प्रशासक तथा प्रमुख सतिश विष्टले मंगलबार पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार ६ वटै स्थानीय तहका ५५ वर्षमाथिका वृद्धलाई बुस्टर डोजको दोस्रो मात्रा दिन लागेको हो।
यस्तै अभियानमा फ्रन्टलाइनर स्वास्थ्यकर्मी, गर्भवती महिला र दीर्घ रोग भएका १२ वर्षमाथिका नागरिकलाई पहिलो चरणमा खोप दिइनेछ।
‘पहिलो चरणमा ९ र १० गते ३१ हजार खोप दिन्छौँ,’ विष्टले भने, ‘त्यसका लागि स्थानीय तह अनुसार वितरण व्यवस्था मिलाइएको छ। ललितपुर महानगरपालिकामा १५ हजार, महालक्ष्मी नगरपालिकामा ५७२४, गोदावरी नगरपालिकामा ३१८८, महांकाल गाउँपालिकामा ८८६, कोन्ज्योसोम गाउँपालिकामा ७४९ र बागमतीमा ४९० जनालाई फाइजर“बायोएनटेक भ्यालेन्ट एडल्ट बुस्टर डोज खोप लगाउँछौँ।’
जिल्लामा ६४ हजारलाई बुस्टर डोज दिनुपर्ने प्रारम्भिक आँकडा रहेको विष्टले बताए। ५५ वर्ष माथिका सबै नागरिकहरूलाई पहिलो बुस्टर नलगाएकाहरूलाई पहिलो बुस्टर र पहिलो बुस्टर लगाएर ६ महिना पुगेकालाई दोस्रो बुस्टर मात्रा दिने उनको भनाई छ।‘जिल्लामा प्रचारात्मक रूपमा लगाइने खोप कार्यक्रम प्रभावकारी भएपछि थप खोप माग गर्छौँ, खोपका लागि सबै स्थानीय सरकार तयार रहेको, जोखिममा परेका समूह पहिचान गरेर बुस्टर दोस्रो मात्रा दिन लागिएको हो,’ विष्टले थपे।
महांकाल गाउँपालिकाले भने नियमित खोप कार्यक्रममा सहभागी गराउने गरी १०, ११ र १२ गते बुस्टर डोज कार्यक्रम गर्ने स्वास्थ्य कार्यालय ललितपुरका वरिष्ठ अधिकृत पार्थमणि न्यौपानेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरू सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण