जनयुद्धको बेलामा भएका अन्तरजातीय विवाह सम्बन्ध विच्छेद हुनेतिर गए : प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धका बेला भएका अन्तरजातीय विवाह सम्बन्ध विच्छेद हुनेतिर गएको स्वीकार गरेका छन् । राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्दै प्रचण्डले जनयुद्धका बेला अन्तरजातीय विवाहलाई गर्वको रूपमा लिने गरेपनि पछिल्लो समय बिस्तारै हराउँदै गएको बताए ।
तर माओवादी शान्ति प्रक्रियामा आएपछि अन्तरजातीय विवाहहरू कम हुँदै गएको बताए । ‘हामीले ज नयुद्धद्धमा अन्तरजातीय विवाहमा गर्व गथिर्यौ । ती गर्व गर्ने विषय बिस्तारै हुन छोडे । जनयुद्धको बेलामा भएको अन्तरजातीय विवाह सम्बन्ध विच्छेद हुनेतिर गए । अन्तर जातीय विवाह जुनस्तरमा गर्वको रूपमा गरिन्थ्यो त्यो हुन छोडे’ प्रचण्डले भने । दलित समुदायमाथिको विभेद अन्त्य गर्न सांस्कृतिक आन्दोलनको विषय भएको प्रचण्डले बताए ।
‘हामी जति बेला हामी क्रान्तिकारी आन्दोलनमा थियौं । त्यतिबेला अन्तरजातीय विवाह हुँदा गर्व गर्थियौं । अन्तर जातीय विवाह हुँदा एउटा उच्च जातीय भनिने र दलित समुदायको बिचमा विवाह हुँदा समारोह गर्ने त्यसलाई सम्मानित गर्ने सबैले गर्व गर्ने जनतालाई राखेर भाषण गर्ने गरिन्थ्यो’ प्रचण्डले भने, ‘दलित समुदायबाट वीरता र बलिदान कायम गरिए भने समाजमा स्थापित गरिन्थ्यो । त्यसलाई सांस्कृतिक आन्दोलनको रूपमा लिइन्थ्यो ।’
माओवादी विस्तृत शान्ति सम्झौता हुँदै संविधान सभाबाट यहाँसम्म आइपुग्दा दलित समुदायका हक अधिकारहरुलाई संवैधानिक रूपमा सम्बोधन गर्न सफल भएकोप्रचण्डले बताए । दलित समुदायको विभेद अन्त्य गर्न कानुनी रूपमा व्यवस्था भएपनि कार्यान्वयन हुन नसकेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अबदेखि सीटीईभीटीका कुनै पनि कार्यक्रम पढ्न प्रवेश परीक्षा दिनुनपर्ने
-
नौलिङ भद्रकाली जात्रा गाम्चा चुनिखेल बुढानीलकण्ठ, तस्बिरहरू
-
नेपालमाथिको हस्तक्षेप बन्द गर्न माग गर्दै भारतीय दुतावास अगाडि प्रदर्शन (तस्बिरहरू)
-
‘चाँदीजस्ता टल्किने हिमाल फलामजस्ता काला भए, विकल्पमा जाऊँ’
-
राज्यले थेग्न नसक्ने भयो, सामाजिक सुरक्षालाई नयाँ ढङ्गले समीक्षा गर्नुपर्छ : गोकर्ण विष्ट
-
महाप्रसाद अधिकारीविरुद्धको रिटमा कारण देखाऊ आदेश, छलफलका लागि बोलाइयो