प्रचण्डविरुद्ध नाराबाजी गर्नेलाई ५ दिन थुनामा राख्न अनुमति
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध नाराबाजी गर्नेलाई ५ दिन थुनामा राख्न जिल्ला प्रशासन कार्यालयले अनुमति दिएको छ ।
मंगलबार काठमाडौँको बानेश्वरबाट प्रचण्डविरुद्ध नाराबाजी गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा बागलुङ घर भएका सोनु शर्मा, बझाङका विप्लव खड्का र सोलुखुम्बुका उद्धव बस्नेत छन् ।
जिल्ला प्रशासन कार्यालयले उनिहरुलाई ५ दिन थुनामा राख्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी सिताराम रिजालले रातोपाटीलाई बताए । काठमाडौँका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले अभद्र व्यवहार मुद्दामा उनीहरुलाई थुनामा राख्न अनुमति दिएका हुन् ।
मंगलबार ५८ औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन दिवसका अवसरमा आयोजित कार्यक्रममा संवोध गर्न जाँदै गर्दा ३ जनाले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका थिए । उनीहरु ‘स्वतन्त्र युवा अभियन्ता समूह’का सदस्य हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नियमित उडान नहुँदा टरिगाउँ विमानस्थलको इन्धन डिपो समस्यामा
-
पार्टी पुनर्गठनको प्रतिवेदन तयार गर्ने जिम्मा बादल र शंकरलाई
-
मुख्य सचिव अर्यालको बिदाइ, कार्कीलाई स्वागत
-
दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरो जाँदा कम्तीमा सात जनाको मृत्यु
-
चार विधेयक सर्वसम्मतिले स्वीकृत
-
त्रिविका उपकुलपति थापासमक्ष २१ बुँदे सुझावपत्र पेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण