मधेस प्रदेशको नेतृत्वमा कांग्रेसको दाबी
बिहीबार, ०९ चैत २०७९, १९ : १५
जनकपुरधाम । मधेस प्रदेशको नेतृत्व नेपाली कांग्रेसले पाउनुपर्ने नेपाली कांग्रेस मधेस प्रदेशका दलका नेता कृष्णप्रसाद यादवले दाबी गरेका छन् । संघमा कांग्रेस–माओवादीसहित बनेको नयाँ १० दलीय गठबन्धनमा उनले मधेस प्रदेश सकारको नेतृत्व कांग्रेसले गर्नुपर्ने बताएका हुन् ।
नयाँ गठबन्धन बनेसँगै प्रदेशमा सबैभन्दा ठुलो दल नेपाली कांग्रेस रहेको हुँदा सरकारको नेतृत्व कांग्रेसले गर्नुपर्ने उनको भनाई छ । ‘एमाले माओवादीसहितको गठबन्धनमा भएको सहमति अनुसार जनता समाजवादी पार्टी(जसपा) नेपालले नेतृत्व पाएको थियो,’ उनले भने, ‘सोही सहमतिले यस गठबन्धनमा पनि निरन्तरता पाउँछ भन्ने छैन।’
उनले मधेस प्रदेशको सरकार एक दुई दिनमै पुनर्गठन हुने बताएका छन् । केन्द्रीय शीर्ष नेताहरूबाट ठोस निर्णय नआउँदा प्रदेश सरकार पुनर्गठन हुन नसकेको उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण