मधेस प्रदेशको नेतृत्वमा कांग्रेसको दाबी
बिहीबार, ०९ चैत २०७९, १९ : १५

जनकपुरधाम । मधेस प्रदेशको नेतृत्व नेपाली कांग्रेसले पाउनुपर्ने नेपाली कांग्रेस मधेस प्रदेशका दलका नेता कृष्णप्रसाद यादवले दाबी गरेका छन् । संघमा कांग्रेस–माओवादीसहित बनेको नयाँ १० दलीय गठबन्धनमा उनले मधेस प्रदेश सकारको नेतृत्व कांग्रेसले गर्नुपर्ने बताएका हुन् ।
नयाँ गठबन्धन बनेसँगै प्रदेशमा सबैभन्दा ठुलो दल नेपाली कांग्रेस रहेको हुँदा सरकारको नेतृत्व कांग्रेसले गर्नुपर्ने उनको भनाई छ । ‘एमाले माओवादीसहितको गठबन्धनमा भएको सहमति अनुसार जनता समाजवादी पार्टी(जसपा) नेपालले नेतृत्व पाएको थियो,’ उनले भने, ‘सोही सहमतिले यस गठबन्धनमा पनि निरन्तरता पाउँछ भन्ने छैन।’
उनले मधेस प्रदेशको सरकार एक दुई दिनमै पुनर्गठन हुने बताएका छन् । केन्द्रीय शीर्ष नेताहरूबाट ठोस निर्णय नआउँदा प्रदेश सरकार पुनर्गठन हुन नसकेको उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा दर्जनौँ बटुकहरूको सामूहिक व्रतबन्ध (तस्बिरहरू)
-
संविधानमा लेख्दैमा समाज छुवाछुतमुक्त हुँदैन : सांसद मिजार
-
गौरीगंगा र आयोजक जनहितबिच उपाधि भिडन्त
-
सेनामा तेस्रो लिङ्गीहरूलाई प्रतिबन्ध लगाउन अमेरिकी सर्वोच्च अदालतले ट्रम्पलाई दियो अनुमति
-
गुगलमाथि अमेरिकाको लगाम
-
वडाध्यक्षले कर्मचारी र व्यवसायीमाथि हातपात गरेपछि पोखरामा तनाव