जीतपुर सिमरा गोल्डकप : पहिलो खेलमै भरतपुरसँग ३–१ ले पराजित
बारा । बिहीबारदेखि सिमरा रंगशालामा शुरु भएको १३ औ जीतपुरसिमरा गोल्डकपमा आयोजक नव–जनजागृती यूवा क्लब भरतपुर फुटबल क्लबसँग ३–१ को अन्तरले पराजित भएको छ । घरेलु मैदानमा पहिलो दिन भएको खेलमै आयोजक समुह प्रतियोगिताबाट निरीह भएर बाहिरिनु स्थानीय खेलप्रेमी दर्शकहरुका लागि भने दुखद भएको दर्शकहरुले बताएका छन् ।
भरतपुरले खेलको सातौं मिनेटमै भिष्म क्षेत्रीको गोलबाट अग्रता बनायो । आकाश थापामगरको क्रसबललाई सदुपयोग गर्दै भिष्मलेले टिमलाई अग्रता दिलाएका थिए । सुरुवाती दबाब झेलेको आयोजकले खेलको ३३ औं मिनेटमा बराबरी गोलको अवसर बनायो । भरतपुरका डिफेण्डरले डिबक्स भित्र फाउल गरेपछि पाएको पेनाल्टी अवसरलाई सदुपयोग गर्दै आयोजक टिमका अफ्रिकी स्ट्राईकर ग्लोरीले खेललाई बराबरीमा ल्याएका थिए ।
त्यसको केहि मिनेटमै भरतपुरले सिमरा विरुद्ध पेनाल्टी अवसर पायो । भरतपुरका सुनील श्रेष्ठलाई आयोजक टिमका फोफानाले डिबक्स भित्र फाउल गरेपछि पाएको पेनाल्टी अवसरमा भरतपुरले पूनः अग्रता बनायो । सुनील श्रेष्ठको गोलबाट भरतपुरले पहिलो हाफमा २–१ को अग्रता बनाएको थियो ।
खेलको अन्तिम समय सम्म आयोजकविरुद्ध हाबी भएको भरतपुरले अन्तिम मिनेटमा सुनील श्रेष्ठकै गोल मार्फत आयोजक विरुद्ध ३–१ को जित दर्ता गरेको हो । दोश्रो हाफको इन्जुरी समयको सातौं मिनेटमा सुनीलले गोल गरेका थिए ।
आयोजक विरुद्ध आक्रामक खेल खेलेको भरतपुरका सुनील श्रेष्ठ खेलको म्यान अफ दि म्याच घोषित भए । उनले दश हजार नगद सहित ट्रफी प्राप्त गरे । उनलाई एन्फा उपाध्यक्ष दावा लामाले म्यान अफ दि म्याच प्रदान गरे । शुक्रबार वीरगञ्ज युनाईटेड क्लब र बागमती यूवा क्लब सर्लाहीविच खेल हुने छ । खेल अघि नेपाल सरकारका पूर्व मन्त्री एवं बाराका प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठले प्रतियोगिताको उद्घाटन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिक्वार्टरफाइनल प्रवेशका लागि अस्ट्रेलिया र इजिप्टबिचको खेल सुरु
-
कर्णालीमा गाडी बेपत्ता घटना : ५ जनाको पहिचान खुल्यो
-
सडकको पानी बागमतीमा सहज निकास नहुँदा वर्षामा जाम बढेको ट्राफिक प्रहरीको निष्कर्ष
-
चीनको समृद्धिसँग नेपालको गहिरो सम्बन्ध छ : सरोकारवाला
-
युक्रेनलाई व्यापक सहयोगको प्रतिबद्धता
-
आयल निगमका कर्मचारीलाई झट्का, ओभरटाइम भत्ता काटियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण