मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

विराट गोल्ड कप : आज त्रिभुवन आर्मी र जावलाखेल भिड्दै

शुक्रबार, १० चैत २०७९, १४ : ०३
शुक्रबार, १० चैत २०७९

विराटनगर । विराटनगरको सहिद रंगशालामा जारी सातौँ संस्करणको विराट गोल्ड कप फुटबल प्रतियोगितामा आज  त्रिभुवन आर्मी र जावलाखेल यूथ क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।  रात्रिकालीन गोल्ड कप आज राती ७ बजे सुरु हुनेछ । ए डिभिजन लिग खेल्दै आएको जावलाखेललाई पहिलो पटक मोफसलको सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता विराट गोल्ड कप खेल्ने अवसर मिलेको हो । आर्मी पाँचौँ संस्करणको विराट गोल्ड कपको उपविजेता टिम हो । २०७४ मा भएको गोल्ड कपमा आर्मी थ्रिस्टारसँग   फाइनलमा ३–० गोलले पराजित भएको थियो ।

बिहीबारको उद्घाटन खेलमा नेपाल प्रहरीलाई १– ० गोलले हराउँदै घरेलु टिम विराटनगर सिटी क्लब अन्तिम चारमा पुगेको छ । आज हुने खेलको विजेता टिम घरेलु टोली विराटनगर सिटीसँग सेमिफाइनलमा खेल्नेछ । चैत १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा स्वदेशी र विदेशीसहित ८ टिमको सहभागिता छ । प्रतियोगिताको विजेता हुने टिमले २० लाख १५ हजार र उपविजेताले १० लाख १५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप