काठमाडौँमा दिउँसोको समयमा चोरी गर्दै हिँड्ने दुईजना पक्राउ
शनिबार, ११ चैत २०७९, ०६ : २४
काठमाडौँ । काठमाडौँ उपत्यकाको विभिन्न ठाउँमा दिउसोको समयमा चोरी गर्दै हिँड्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गत फागुनमा धापासी हाइट स्थित भेषराज दाहालको घरको कोठाको ढोका फोडी सुनका विभिन्न गरगहना तथा नगद गरी झन्डै ८ लाख मूल्य बराबरको धनमाल चोरी भएको भनी निवेदन प्राप्त भएपछि टोखा प्रहरीले गरेको अनुसन्धानको क्रममा चोरीको आरोपमा दुई जना पक्राउ परेका हुन् ।
चोरीमा मण्डिखाटार स्थित गेस्ट हाउसमा बस्ने अर्जुन परियार र रोशन गौतमको संलग्नता रहेको भन्ने खुल्न आएको प्रहरीले जानकारी दिएको छ ।
उनीहरुले चोरीको समान गाेगबु नयाँ बसपार्क स्थित पञ्चकन्या ज्वेलर्समा बिक्री गरेको बयान दिएकोले उक्त पसलका सञ्चालक तुल बहादुर विश्वकर्मालाई पनि नियन्त्रणमा लिएर अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त महाराजगन्ज पठाइएको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण