कविता
तिमीलाई हेर्दा पागल हुन्छु
शनिबार, ११ चैत २०७९, ०९ : २७
तिमीलाई लेख्न खोज्छु
भावहरू हराई दिन्छन्
नियाल्छु जब जब तिमीलाई
अश्रु आफै बगी दिन्छन् ।
नरोऊ भन्छु आँखालाई
किन वर्षात् भई झर्नुपर्यो
हराएका भावहरूमा
किन तिमी आउनुपर्यो ?
बिर्सिन खोज्छु सधैँ तिमीलाई
पल पलमा याद आइरहन्छौ
नाद र नुरको संगमभित्र
किन तिमी उदाइ दिन्छौँ ?
ध्यान र प्रेमको गीत सुनाई
जीवनलाई नृत्य बनायौ
संसार हेर्ने नजरलाई
आफूभित्रै फर्कन सिकायौ ।
छैन प्रवाह अब यो दुनियाँको
आफैँभित्र रमाइ रहेछु,
एकान्त नै अब प्रिय लाग्छ
तिमीलाई हेर्दा पागल हुन्छु ।
भक्तपुर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण