शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय
कविता

तिमीलाई हेर्दा पागल हुन्छु

शनिबार, ११ चैत २०७९, ०९ : २७
शनिबार, ११ चैत २०७९

तिमीलाई लेख्न खोज्छु 
भावहरू हराई दिन्छन् 
नियाल्छु जब जब तिमीलाई 
अश्रु आफै बगी दिन्छन् ।

नरोऊ भन्छु आँखालाई 
किन वर्षात् भई झर्नुपर्‍यो
हराएका भावहरूमा 
किन तिमी आउनुपर्‍यो ?

बिर्सिन खोज्छु सधैँ तिमीलाई 
पल पलमा याद आइरहन्छौ 
नाद र नुरको संगमभित्र 
किन तिमी उदाइ दिन्छौँ ?

ध्यान र प्रेमको गीत सुनाई 
जीवनलाई नृत्य बनायौ 
संसार हेर्ने नजरलाई 
आफूभित्रै फर्कन सिकायौ ।

छैन प्रवाह अब यो दुनियाँको 
आफैँभित्र रमाइ रहेछु, 
एकान्त नै अब प्रिय लाग्छ
तिमीलाई हेर्दा पागल हुन्छु ।

भक्तपुर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रमा दुलाल
रमा दुलाल
लेखकबाट थप