बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बालबालिका र युवाहरुमा नैतिक शिक्षाको खाँचो छ : सभामुख घिमिरे

शनिबार, ११ चैत २०७९, १० : ४०
शनिबार, ११ चैत २०७९

काठमाडौँ । सभामुख देवराज घिमिरेले बालबालिका तथा युवाहरुलाई व्यवसायिक तथा नैतिक शिक्षाको खाँचो रहेको बताएका छन् । छैटौं एशिया प्रशान्त क्षेत्रीय म्यासेन्जर अफ पीस कार्यक्रमको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । सभामुख घिमिरेले संसारभर नै बालबालिका तथा युवाहरुलाई व्यवसायिक तथा नैतिक शिक्षाको खाँचो रहेको र यो खाँचोलाई स्काउटले पूर्ति गर्नसक्ने उनले बताए । उनले सिमित मुलुकका राज्यले मात्रै स्काउटको क्षेत्रमा लगानी गरिरहेको भन्दै सबै मुलुकहरुले स्काउट क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिए ।

उनले भने, ‘बालबालिका तथा युवावर्गलाई अनुशासित, स्वावलम्वी, चरित्रवान तुल्याइ सेवाभावको अभिवृद्धि गर्दै असल नागरिकको रुपमा देश विकास कार्यमा सहभागी गराउन नेपालमा १९५३ सालमा स्थापना भएको हो स्काउट । आज संसारभर नै बालबालिका तथा युवाहरुलाई व्यवसायिक तथा नैतिक शिक्षाको खाँचो छ । तर सिमित मुलुकमा मात्रै राज्यले यस क्षेत्रलाई लगानी गरेको पाइन्छ ।’ 

सभामुख घिमिरेले सुन्दर भविष्यको परिकल्पना गर्ने हो भने स्काउटको अभियानलाई सबैले सार्थक बनाउनुपर्ने बताए । उनले स्काउटको अभियानमा नयाँ पुस्तालाई सानै उमेरदेखि सचेत गराउनु जरुरी रहेको बताए ।  सभामुख घिमिरेल भने, ‘हामी संसारका सुन्दर भविष्यको परिकल्पना गर्ने हो भने अवश्य पनि उक्त अभियानमा हाम्रा नयाँ पुस्तालाई सानै उमेरदेखि सचेत गराउनु जरुरी छ । यसका लागि सबैभन्दा राम्रो माध्यम भनेको स्काउट अभियान बन्नसक्छ । स्काउटले बालबालिकाहरुको सर्वपक्षीय विकासको लागि विविध कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । जसमध्ये म्यासेन्जर अफ पिस (एमओपी) कार्यक्रम पनि विश्व स्काउट संगठनको महत्वपूर्ण कार्यक्रम हो । जुन विश्वभर नै शान्ति कायम गर्न र शान्तिका वकालत गर्न विश्वव्यापी सञ्जाल निर्माण गर्न केन्द्रित रहेको छ ।’

सभामुख घिमिरेले स्काउटले विविध कार्यक्रम सञ्चालन गरी बालबालिकाहरुको सर्वपक्षीय विकासको लागि काम गरिरहेको भन्दै आगामी दिनमा यस्ता कार्यहरुलाइ झनै बढाएँदै लैजानुपर्ने बताए ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप