बालबालिकालाई पनि लाग्न सक्छ क्षयरोग
काठमाडौँ । याद राखौँ बालबालिका पनि क्षयरोग हुन सक्छ । बालबालिकामा फोक्सोको क्षयरोगसँगै फोक्सो बाहेक अन्य भागमा लाग्ने क्षय रोग ग्रन्थि,आन्द्रा, हाड, प्रजनन तथा मूत्र प्रणाली, छाला, आँखा आदि पनि लाग्न सक्छ । त्यसैले यस्ता लक्षण देखिएमा तुरुन्तै स्वास्थ्य संस्थामा लैजान चिकित्सकको सुझाव छ । कमजोर रोग प्रतिरोधात्मक क्षमता भएमा मानिसलाई यसले चाँडै असर गर्ने हुँदा घरपरिवारमा कसैलाई क्षयरोग लागेको छ भने परिवारका अन्य सदस्यले पनि खकार जाँच अनिवार्य गर्नुपर्छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बालबालिकामा क्षयरोगको रोकथाम यसरी गर्न सकिन्छ :
–नवजात शिशुलाई बिसीजीको खोप अनिवार्य दिनुपर्छ ।
–क्षयरोग सङ्क्रमितले नियमित रूपमा औषधिको सेवन गर्ने
–क्षयरोग सङ्क्रमित व्यक्तिबाट टाढा राख्ने
–क्षयरोगका लक्षण देखिएमा तुरुन्तै परीक्षण गराउने
–व्यक्तिगत सरसफाइमा ध्यान दिने
बालबालिकामा देखिन सक्ने क्षयरोगका चिन्ह वा लक्षणहरू
–ज्वरो आउनु
–ग्रन्थिहरू सुन्निनु
–लामो समयसम्म एकनासले खोकी लाग्नु
–बालबालिकामा शारीरिक वृद्धि विकास नहुनु
–शरीरको तौल घट्नु
कस्ता बालबालिका क्षयरोगको जोखिममा हुन्छन् ?
–कमजोर प्रतिरक्षा प्रणाली भएमा जस्तै एचआइभी पोजेटिभ, मधुमेह रोग लागेका, किमोथेरापी गरिरहेका
–क्षयरोग सङ्क्रमित व्यक्तिसँग बस्ने वा नियमित सम्पर्कमा आउने
–घरबारविहीन सडक बालबालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण