पाल्पामा लागु औषधसहित दुई युवक पक्राउ
शनिबार, ११ चैत २०७९, १६ : २५
बुटवल । जिल्ला प्रहरी कार्यालय पाल्पाले लागुऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ । शनिबार दोभान प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा दुई युवकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा कास्कीको अन्नपूर्ण गाउँपालिका–५ बिरेठाटीका ३५ वर्षीय संजय पुल्मी (नेवार) र धादिङ तिरपुर–३ मुरचोकका ३७ वर्षीय किरण गजमेर रहेका छन् ।
बुटवबाट पाल्पातर्फ गइरहेको युवक सवार ग ३ च ५९०१ नम्बरको कारमा चेकजाँच गर्ने क्रममा नुफिन ५० एप्पुल, डाइजेपाम ५० एप्पुल र फेनारगत ५० एप्पुल बरामद गरिएको प्रहरीले जनाएको छ । कारसहित दुवै युवकलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण