बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

विराट गोल्डकप– भुटानलाई हराउँदै साविक बिजेता एपीएफ सेमिफाइनलमा

शनिबार, ११ चैत २०७९, २१ : ५९
शनिबार, ११ चैत २०७९

विराटनगर । पाहुना टोली भुटानको ड्रक लयुल फुटबल क्लबलाई स्तब्ध बनाउँदै साविक विजेता सशस्त्र प्रहरी बल (एपीएफ) सातौं संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानको फ्लड लाईटमा शनिबार राती भएको तेस्रो क्वाटरफाइनल खेलमा भुटानलाई २–१ गोलले हराउँदै एसपीएफ अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

जितको लागि एपीएफको तर्फबाट सविन थापा र अरमान्द्र वेडमले  गोल गरेका थिए । फुटानको तर्फबाट सान्तवना गोल फोफोना इब्रहीम फर्काए । जितसँगै एपीएफले आइतबार अन्तिम क्वाटरफाइनल भारतको लुका सकर र ए डिभिजन टिम संकटा क्बल बीचको बिजेता टिमसँग खेल्नेछ । 

खेल सुरू भएको तेस्रो मिनेटमा एपीएफका सविन थापाले गोल गरी टिमलाई अग्रता दिए । सविन थापाले ३० यार्डदेखि निकालिदिएको पास युवराज खड्काले हेडमार्फत गोलमा परिणत गरे । एपीएफको अग्रता खेल सुरु भएको आधा घण्टा पनि टिक्न नपाउँदै ३३ औं मिनेटमा भुटानका फोफोना इब्रहीम गोल गरी खेल १–१ बराबरीमा ल्याए । कप्तान स्याङगे दोर्जीले निकालेको पास फोफोनाले डिबक्स भित्रबाट गरेको प्रहारले जाली चुम्यो ।

 पहिलो हाफसम्म १/१ गोलको बराबरी भयो । दोस्रो हाफदेखि एपीएफले आक्रमक खेल पस्कियो । इन्जुरी समयमा पेनाल्टी एरियामा भुटानका खेलाडी कान्टे मुसाको हेन्ड भएपछि एपीएफले पेनाल्टी पाएको थियो । पेनाल्टीमा एपीएफका अरमान्द्र वेडमलले गोल गरी टिमको जित सुनिश्चत गरेका थिए । हेन्ड गर्ने भुटानका कान्टे मुसालाई रफ्री श्याम दनुवारले रेड कार्ड दिएपछि मैदान बाहिरिए । निर्णायक खोल गर्ने एपीएफका अरमान्द्र बेडम म्यान अफ द म्याच घोषित भए । 

खेल अवधिभर दुवै टिमले थुप्रै गोल गर्ने सुन्दर अवसर खेर फ्यालेका थिए ।  ७ औ मिनेटमा युवराजको  कडा प्रहार पोसमा लागेर फर्कियो । त्यसलगतै बुद्धिमान राईको प्रहार पोस्ट माथिबाट बाहिरिँदा थप गोल गर्ने अवसर खेर गयो । १० औं मिनेटमा एपीएफका अरमान बेदमले पेनाल्टी एरियाबाट गरेको हेड बाहिरियो । 

१३ औं मिनेटमा एलिहोसा एलियुले कर्नरबाट आएको बल डिबक्स भित्रबाट गरेको हेड पोस्ट माथिबाट गएर बाहिरियो । १९ औ मिनेटमा एपीएफका बुद्धीमान राईको कडा प्रहार भुटानका गोलपिकर हरि गुरूङले उत्कृष्ट रुपमा बचाए । 

२४ मिनेटमा एपीएफका बुद्धमान राईले निकालेको क्रस पास अरमन बेढुमले गरेको प्रहार पोस्टमा लागेर बाहिरयो । २८ औं मिनेटमा एपीएफका हरि कार्कीले निकालिदिएको लामो क्रस पासलाई अरमन्दले डिबक्सभित्र बल नियन्त्रण गर्न नसक्दा थप अग्रता लिन चुके । 

४२ औं  मिनेटमा एपीएफका सरनसिंह बस्नेतले वन भर्सेस वनको अवसर गुमाएका थिए । युवराज खड्काको क्रसमा शरनसिंह सम्हालिन नसक्दा भुटानका गोलरक्षक गुरूङले उत्कृष्ट बचाउ गरेका थिए । त्यसलगतै किपरसमेत बिट भइसकेको अवस्थामा बिकु तामाङ्गको प्रहार विफल भयो । ४७ औं मिनेटमा बिपन श्रेष्ठको क्रसमा बिकु तामाङ डिबक्स भित्रबाट गरेको सशक्त प्रहार भुटानका गोलरक्षकले विफल पारेका थिए ।

खेलको ५६ औं मिनेटमा एपीएफका बिपीन श्रेष्ठ ३० यार्डदेखि गरेको प्रहार बाहिरियो । खेलको ५८  औं मिनेटमा एपीएफका बुद्धीमान राईले निकालेको पास डिबक्स भित्रबाट युवराज खड्काले किलियर गर्न नसक्दा थप गोल गर्ने अवसर खेर गयो । ८४ औं मिनेटमा युवराज खड्काले डिफेन्डरलाई क्रस गरेर निकालेको बल अर्मन्दले पेनाल्टी एरियाबाट गरेको प्रहारले पोष्टको दिसा नलिदा गोलको अवसर चुकेको थियो । 

दोस्रो हाफदेखि भुटानले पाएको आधा दर्जन बढी अवसर खेर फाल्दा पाहुना टोली प्रतियोगितादेखि बाहिरिन बाध्य भयो । खेलको ८५ औं मिनेटमा भुटानका  फोफोनाले  डिबक्स नजिकदेखि गरेको प्रहार एपीएफका गोल रक्षक राजु नगरकोटीले उत्कृष्ट बचाउ गरिदिए । त्यसलगतै भुटानका साहिदले डिबक्स एरियादेखि गरेको वानटच बल एपीएफका गोल रक्षक नगरकोटीले उत्कृष्ट बचाउँ गरिदिँदा गोल हुनबाट चुक्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप