वीरेन्द्रनगर नगरपालिका सुकुम्बासी समस्या समाधानका लागि अग्रसर
आइतबार, १२ चैत २०७९, १२ : ०२
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका भूमिहीन, दलित, अव्यवस्थित बसोबासी र सुकुम्बासी समस्या समाधानका लागि अग्रसर भएको छ । त्यसका लागि सुरुवाती चरणमा नापजाँचको काम सुरु भएको छ । नगरपालिकाका नगरप्रमुख मोहनमाया ढकाल (भण्डारी) का अनुसार वडा नं. १६ नापजाँचको कार्य सुरु भएको हो ।
क्रमशः सबै वडामा नापजाँच कार्य गर्ने र त्यसपछि वास्तविकताका आधारमा समस्या समाधान गरिने उनले बताइन् । ‘वीरेन्द्रनगरलाई व्यवस्थित सहरको रुपमा विकास गर्ने हाम्रो लक्ष्य र चुनावी प्रतिबद्धता थियो,’ ढकालले भनिन्, ‘सोही अनुसार हामी निरन्तर लागिरहेका छौँ ।’
ढकालले सुकुम्बासी समस्या समाधानको कार्य पनि जिम्मेवारीपूर्ण रुपले गरिने बताइन् । वीरेन्द्रनगर नगरपालिकाभित्र १४ हजार जनाको फारम संकलन भएको ढकालको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण