महिला प्रिमियर लिगको फाइनल : दिल्लीको शक्ति ब्याटिङ, मुम्बईलाई अलराउन्डरमाथि भर
मुम्बई । महिला प्रिमियर लिग (डब्लूपीएल) को पहिलो सिजनको फाइनल खेल आइतबार मुम्बईको डीवाई पाटिल स्टेडियममा खेलिदैछ । फाइनलमा दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्स भिड्नेछन् । प्रतियोगितामा दुई टोली तेस्रोपटक आमनेसामने हुँदैछन् । यसअघि समूह चरणमा एक खेल मुम्बई र एक खेल दिल्लीले आफ्नो पक्षमा पारेको थियो ।
मेग लेनिङको कप्तानीमा रहेको दल्ली पाँच टोलीको तालिकामा शीर्ष स्थानमा रहेको थियो । यसको साथै टोली सिधै फाइनलमा पुगेको थियो । समूह चरणमा दिल्ली गुजरात र मुम्बईसँग एक–एकपटक हारेको थियो । टोलीले बाँकी सबै खेल जितेको थियो ।
कप्तान लेनिङ प्रतियोगिताको सर्वाधिक रन बनाउने खेलाडी हुन् । उता मारियन क्यापले आफ्नो अलराउन्ड प्रदर्शनले दिल्लीलाई कयौँ खेल जिताएकी छन् । यसको अलावा एलिस क्याप्सी, शेफाली वर्मा, जेमिमा रोड्रिग्वेज, जेस जोनासेन, तारा नोरिस र शिखा पाण्डे टोलीका शीर्ष खेलाडीमध्ये रहेका छन् ।
मुम्बईले समूह चरणमा ६ वटा खेल जितेको थियो । तर, नेट रन रेटका आधारमा दिल्लीसँग पछि परेको थियो । एलिमिनेटरमा मुम्बईले एकतर्फी खेलमा युपी वारियर्सलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेकाे हो ।
टोलीमा न्याटली सीवर ब्रन्ट र हेली म्याथ्युज टोलीमा सबैभन्दा राम्रो प्रदर्शन गर्ने खेलाडीहरूमध्ये रहेका छन् । यसका साथै बलिङमा साइका इशाक, इजाबेल वाङ र अमिलिया केरले पनि राम्रो प्रदर्शन गरिरहेका छन् । प्रतियोगिताका शीर्ष पाँच बलमध्ये चार जना मुम्बईका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण