रियलको चासोबीच हालान्डको तलब बढाउँदै सिटी
लण्डन । म्यानचेस्टर सिटीले स्टार स्ट्राइकर अर्लिङ हालान्डलाई सुधारिएको नयाँ करार अफर गर्ने तयारी गरेको छ । रियल मड्रिडले हालान्डमाथि नजर राखिरहँदा सिटीले यस्तो निर्णय गरेको हो ।
द सन पत्रिकाका अनुसार सिटीले नर्वेजियन खेलाडीलाई हप्ताको ५ लाख पाउन्ड तलबसहितको नयाँ करार अफर गर्ने तयारी गरेको जनाएको छ । सन् २०२२ मा सिटीसँग आबद्ध भएका हालान्डको सन् २०२७ सम्म करार रहेको छ । तर, पेप ग्वार्डिओला आफ्ना स्टार स्ट्राइकरलाई तलब थप्दै नयाँ करारसहित थप एक वर्ष क्लबमा राख्न चाहन्छन् ।
बोरुसिया डर्टमण्डका पूर्व स्ट्राइकर हाल प्रिमियर लिगमा केभिन डि ब्रयुना र म्यानचेस्टर युनाइटेडका गोलकिपर डेभिड डि गेयासँगै सर्वाधिक तलब पाउने खेलाडीमा छन् । उनीहरूले हप्ताको ३ लाख ७५ हजार पाउन्ड पाउँछन् ।
हालान्डले यो सिजन क्लबका लागि ४२ गोल गरिसकेका छन् । यसबीच उनी सिटी छाडेर रियल जाने चर्चा चलिरहेको छ । सिटी हालान्डको करार थप गरेर रियललाई आफ्नो खेलाडीबाट टाढा रहन सन्देश दिन चाहन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण