यस्तो छ ‘जारी’ को ‘चरी बस्यो’ गीत
काठमाडौंँ । कवि तथा लेखक उपेन्द्र सुब्बा निर्देशित फिल्म ‘चरी बस्यो’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा कालीप्रसाद बासकोटाको शब्द, संगीत तथा स्वर छ । गीतको भिडियोमा अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरबीचको प्रेमकथा र नोक झोक देखाइएको छ । वैशाख १ गतेबाट प्रदर्शनमा आउने फिल्मको गीत दर्शकले रुचाउने अपेक्षा निर्माण युनिटको छ ।
लिम्बु समाजमा विद्यमान जारी प्रथामा आधारित रहेर निर्माण भएको फिल्ममा लिम्बु संस्कृति र भेषभुषा पनि झल्किन्छ । हिट फिल्म ‘कबड्डी ४’ पछि दयाहाङ र मिरुनाले यो फिल्ममा सहकार्य गरेका हुन् । फिल्ममा दयाहाङ र मिरुनाको अलवा रोयदीप श्रेष्ठ, रेखा लिम्बु, प्रेम सुब्बा, विजय बराल, अनिल सुब्बा, पुस्कर गुरुङ, कमलमणि नेपाल, उपसंग्बा नेम्बाङ, सीताकुमारी तुम्बापो, पन्थक ठुले लगायतका कलाकारको अभिनय छ ।
उपेन्द्र सुब्बाको लेखन रहेको फिल्ममा झुमा लिम्बु र गंगा थापाको संगीत, शैलेन्द्र डी कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन छ । फिल्मका निर्माता निर्देशक रामबाबु गुरुङ हुन् । बाँसुरी फिल्मस्को प्रस्तुति र कबड्डी फिल्मस्को सहकार्य छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभामुखले ध्यानाकर्षण गराएको नियमावलीको नियम २१ (ख) मा के छ ?
-
‘बजेटले कर प्रणाली सुधार र सहकारी संकट समाधानमा ध्यान दिन सकेन’
-
प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित
-
जनता १८ घण्टा लोडसेडिङमा बस्दा सुविधा लिने उद्योगीले बक्यौता तिर्नैपर्छ : कुलमान घिसिङ
-
महावीर पुन मन्त्री बन्दै
-
संसद् बैठकमा प्रतिपक्षी दलले आफैँ समय तोकेर मौनधारण गरेपछि...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण