शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

जनयुद्ध दिवसमा बिदा दिएको भन्दै सर्वोच्चमा रिट

सोमबार, १३ चैत २०७९, ०५ : ५७
सोमबार, १३ चैत २०७९

काठमाडौँ । नेपाल सरकारले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिएको भन्दै द्वन्द्वपीडितहरू त्यसविरुद्ध रिट लिएर सर्वोच्च अदालत पुगेका छन् । सरकारले आगामी वर्षको सार्वजनिक बिदामा जनयुद्ध दिवससहित पृथ्वी जयन्तीलाई बिदाको रूपमा थप गरेको छ ।

आइतबार ज्ञानेन्द्र राज आरनसहित कल्याण बुढाथोकी, रिता कार्की, गंगामाया अधिकारी, पूर्णप्रसाद पौडेललगायतले रिट दर्ता गर्न सर्वोच्च पुगेका हुन् । उनीहरूले अदालतका सह-रजिस्ट्रार विमल पौडेललाई भेटेर रिट दर्ताको फाइल छोडेर गएका छन् । रिट दर्ताको फाइल अध्ययनमा नै रहेकाले आइतबार रिट दर्ता भने भएन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप