प्रचण्डले भने–गृह र सञ्चार मन्त्रालय माओवादीले राख्छ
काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेताहरुले गृह र सूचना तथा सञ्चार प्रविधि मन्त्री मन्त्रालय पार्टीले नै राख्नुपर्ने बताएका छन् । नेताहरूले मन्त्रालय भागबन्डा हुँदा यी दुई मन्त्रालय पार्टीले नै राख्नुपर्ने बताएका हुन् । पार्टीको शनिवार बसेको पदाधिकारी बैठकमा नेताहरूले गृह र सञ्चार मन्त्रालय पार्टीले नै राख्नुपर्ने भन्दै प्रचण्डलाई दबाब दिएका थिए । ती मन्त्रालय कांग्रेसले दाबी गरेको चर्चा चल्न थालेपछि नेताहरूले प्रचण्डलाई दायाबायाँ नगर्न दबाब दिएका हुन्।
त्यसपछि प्रचण्डले भागबन्डा हुँदा गृह र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पार्टीले नै पाउनुपर्ने पक्षमा आफू रहेको बताएका थिए । प्रचण्डले आफूले सोहीअनुसार कांग्रेससहित गठबन्धन दलमा छलफल गर्ने आश्वासन दिएको पनि एक नेताले बताए ।
प्रचण्डले गृह आफ्नो पार्टीले राखेर अर्थ मन्त्रालय कांग्रेसलाई दिन सकिने विषयमा ब्रिफिङ गरेको पनि ती नेताको भनाइ छ । यस्तै ती नेताका अनुसार अहिले भएका मन्त्रीमा थप नभएमा भौतिक यातायात तथा पूर्वाधारमन्त्री मन्त्री नारायणकाजी श्रेष्ठ नै गृहमन्त्री हुने सम्भावना देखिएको छ । यदि माओवादीको भागमा एक मन्त्रालय थप भएमा शक्तिबहादुर बस्नेत, महेन्द्रबहादुर शाही र पूर्णबहादुर घर्तीमध्येबाट एक जना जाने सम्भावना रहेको उनको भनाइ छ ।
हाल सञ्चार मन्त्री माओवादीकै भागमा परेको छ । सो मन्त्रालयमा हाल रेखा शर्मा रहेकी छन् । सो मन्त्रालयमा उनले नै निरन्तरता पाउने बताइएको छ । यस्तै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले आफ्नो मन्त्रालय फेरिदिन प्रचण्डलाई आग्रह गरेको स्रोतको भनाइ छ । । उनले भौतिक वा सहरी विकास मन्त्रालयमा आफ्नो रुचि राख्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नियमित उडान नहुँदा टरिगाउँ विमानस्थलको इन्धन डिपो समस्यामा
-
पार्टी पुनर्गठनको प्रतिवेदन तयार गर्ने जिम्मा बादल र शंकरलाई
-
मुख्य सचिव अर्यालको बिदाइ, कार्कीलाई स्वागत
-
दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरो जाँदा कम्तीमा सात जनाको मृत्यु
-
चार विधेयक सर्वसम्मतिले स्वीकृत
-
त्रिविका उपकुलपति थापासमक्ष २१ बुँदे सुझावपत्र पेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण