कर्णाली प्रदेशसभाले गति लिँदै, दुईवटा विधेयक टेबुल गरिँदै
सुर्खेत । चैत्र १७ गते शुक्रवार बस्ने कर्णाली प्रदेश सभाको बैठकमा दुई वटा विद्येयक टेबुल हुने भएका छन् । सभामुख नन्दा गुरुङको अध्यक्षतामा सोमबार बसेको सर्वदलीय बैठकले दुईवटा विधेयक टेबुल गर्ने निर्णय गरेको हो । यसअघि कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान (स्थापना र सञ्चालन) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र कर्णाली प्रदेश खेलकुद विकास ऐन, ०७६ लाई संशोधन गर्न बनेको विधेयक सभामा दर्ता भएका थिए । यी दुई वटालाई टेबुल गर्ने निर्णय भएको बैठकमा सहभागी एक सांसदले जानकारी दिए ।
सभाको ८ औँ बैठक चैत्र १७ गते शुक्रवार दिउँसो ३ बजे बस्ने छ । सर्वदलीय बैठकमा मुख्यमन्त्री राजकुमार शर्मा, एमाले संसदीय दलका नेता यामलाल कँडेल, नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही, राप्रपा सांसद सन्तोषी शाही, स्वतन्त्र सांसद देवेन्द्रबहादुर शाही, एकीकृत समाजवादीकी सांसद कल्याणी खड्का लगायत सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण