मिटरब्याज पीडितको धर्नामा रवि लामिछाने, समस्या समाधानको पहल गर्ने प्रतिबद्धता
मङ्गलबार, १४ चैत २०७९, ०८ : ५२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मिटरब्याज पीडितको धर्ना कार्यक्रममा सहभागी भएका छन् । बालुवाटारमा आज बिहानैदेखि मिटरब्याज पीडित धर्नामा छन् । सो धर्ना कार्यक्रममा पुगेका लामिछानेले समस्या समाधानको पहल गर्ने बताए ।
म यहाँ धर्नामा ऐक्यबद्धता जनाउन आएको होइन, समस्या समाधानको पहल गर्ने बाचा गर्न आएको हुँ, लामिछानेले भने आजै प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता हुँदैछ । त्यहाँ मेरा कुरा राख्नुभन्दा पहिला तपाईहरुको समस्याका बारेमा जानकारी गराउँछु ।
लामिछानेले मिटर ब्याज पीडितको समस्या कानुनी उपचारबाट सम्भव नरहेको पनि बताए । साहुहरूले अनेक किसिमका झुटा कागजपत्र तयार गरेकोले पीडितले अदालतबाट न्याय पाउन नसक्ने उनको भनाइ थियो । उनीहरूको माग सम्बोधन गर्न सरकारले विशेष पहल गर्नुपर्नेमा उनको जोड थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आतङ्क र वार्ता सँगै जान सक्दैन
-
आईपीएल मे १७ बाट फेरि सुरु हुने, यस्तो छ तालिका
-
दलका प्रमुख सचेतकहरूसँग सभामुखको छलफल
-
प्रेस स्वतन्त्रताको नाममा नेपालमा अराजकता बढ्यो: सञ्चारमन्त्री गुरुङ
-
करेन्ट लागि ज्यान गुमाएका अमिनको परिवारलाई पाँच लाख सहयोग
-
अर्थमन्त्री पौडेललाई यातायात व्यवसायीको ध्यानाकर्षण पत्र