तीन बुँदे माग पुरा भएपछि वीरगन्ज आईसीपीका कर्मचारीको आन्दोलन फिर्ता
काठमाडौँ । तीन बुँदे माग पुरा हुने आश्वासन पाएपछि वीरगन्ज एकीकृत जाँच चौकी (आईसीपी)का कर्मचारीको आन्दोलन फिर्ता भएको छ । वीरगन्ज आईसीपी सञ्चालनको ठेक्का निजी क्षेत्रले पाएपछि तीन बुुँदे माग राख्दै आइतबारदेखि कर्मचारीले आन्दोलन घोषणा गरेका थिए ।
आईसीपी सञ्चालनको जिम्मेवारी कैलाशा टर्मिनल्स जेभीले पाएपछि आफूहरूको जागिर सुरक्षा, उपदान र खाइपाइ आएको सुविधाको निरन्तरता माग गर्दै कर्मचारी आन्दोलनमा उत्रिएका थिए । कैलाशा टर्मिनल्सले आगामी ५ वर्षका लागि आईसीपी सञ्चालनको ठेक्का पाएको छ ।
यससँगै, कम्पनीले कर्मचारी हटाउने सम्भावना र खाइपाइ आएको सुविधा समेत हटाउने सम्भावना देखेपछि कर्मचारी आन्दोलित भएका हुन् । तर, इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आषिश गजुरेलको पहलमा आन्दोलन स्थगित भएको हो ।
कर्मचारीले आन्दोलनको घोषणा गर्दै आइतबार साँझ ५ बजेसम्म आईसीपीको काम ठप्प पारेका थिए । उक्त जानकारी पाएलगत्तै कर्मचारीसँगको वार्ता सुरु गरेको गजुरेलले रातोपाटीलाई बताए । ‘करारका कर्मचारीलाई उपदान दिने व्यवस्था छैन । यसबाहेकको अवस्थामा नियमसंगत उपदान दिने भनिएको छ,’ गजुरेलले भने, ‘यस्तै, खाइपाइ आएको सुविधा र जागिर सुरक्षाको विषयमा समेत कम्पनी गम्भीर बनेपछि आन्दोलन फिर्ता भएको हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण