‘मिटरब्याजी पीडितको ऋण मुक्त गरियोस्, पीडकलाई कारबाही गरियोस्’
काठमाडौँ । तीन कम्युनिस्ट पार्टीले मिटरब्याजी पीडितको ऋण मुक्त गर्न सरकारसँग माग गरेका छन् । नेकपा क्रान्तिकारी माओवादी, नेकपा बहुमत र नेकपा मशालले जारी गरेको संयुक्त वक्तव्यमा मिटरब्याजी पीडितलाई कानुनी कारबाहीको दायरामा ल्याउन पनि माग गरिएको छ ।
विज्ञप्तिमा नेपाल सरकार र पीडितहरुका बीचमा समस्या समाधानका लागि सम्झौताहरू भएपनि समस्या समाधान हुनुको साटो अरु बल्झिँदै गएको उल्लेख गरिएको छ । ‘केही वर्षयता नेपालमा स्थानीय सुदखोर, बैङ्क तथा लघु वित्तीय संस्थाहरूबाट मिटरब्याजी शोषण चर्को गरी मौलाउँदै आएको छ । नेपाल सरकार र पीडितहरुका बीचमा समस्या समाधानका लागि सम्झौताहरू पनि भएका छन् । तर समस्या समाधान हुनुको साटो अरु बल्झिँदै गएको छ’, विज्ञप्तिमा भनिएको छ, 'यसका पछाडि सम्झौता गरेर पीडितहरूप्रति सहानुभूति रहेको देखाउने तर पीडकहरूलाई कारबाही नगरी तिनको संरक्षण गर्ने नेपाल सरकारको द्वैध चरित्र जिम्मेवार छ । हामी यसको तीव्र विरोध गर्दै पीडितहरूलाई ऋण मुक्त गर्न, तिरेको बढी रकम फिर्ता गर्न र पीडकहरूलाई उचित कारबाही गर्न जोडदार माग गर्दछौँ ।’
मिटरब्याजी शोषणका पछाडिको मूल कारण नेपालको प्रतिक्रियावादी राज्यसत्ता र दलाल पुँजीवादी संसदीय व्यवस्था भएको जिकिर गरिएको छ । यस्तै विज्ञप्तिमा महोत्तरी जिल्लाको बर्दिबासबाट १२ दिनको पैदलयात्रा गरेर काठमाडौँ आएका पीडितलाई खाना तथा कपडाको सहयोग गर्न चाहनेहरूलाई सहयोग गर्न नदिएको समेत विज्ञप्तिमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण