आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

बालुवाटारमा गठबन्धनको बैठक सुरु, मन्त्रालयको भागबन्डाबारे छलफल

मङ्गलबार, १४ चैत २०७९, १६ : ३९
मङ्गलबार, १४ चैत २०७९

काठमाडौँ । सत्ता गठबन्धनमा रहेका १० दलको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केही बेरअघि बैठक सुरु भएको हो । आजको बैठकमा मन्त्रालयको भागबन्डाबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रस्ताव पेस गर्ने तयारी गरेका छन् । प्रधानमन्त्रीले पेस गरेको प्रस्तावमा सहमति जुटे आजै मन्त्रिमण्डल विस्तार तथा केही मन्त्रीहरूको जिम्मेवारी हेरफेर गर्ने प्रधानमन्त्रीको तयारी छ । 

एमाले, राप्रपा र रास्वपा सरकारबाट बाहिरिएपछि १६ मन्त्रालय कांग्रेस, एकीकृत समाजवादी, जसपा र लोसपा लगायतका दललाई दिएर सरकारमा समेट्ने गठबन्धनको तयारी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप