पाँच गोलको थ्रिलरमा बेल्जियमले जर्मनीलाई हरायो
बुधबार, १५ चैत २०७९, १० : ५६
बर्लिन । जर्मनीलाई पराजित गर्दै नयाँ प्रशिक्षक डोमेनिको टेडेस्कोको नेतृत्वमा बेल्जियमले लगातार दोस्रो जीत हासिल गरेको छ । मैत्रिपूर्ण खेलमा बेल्जियम ३–२ गोलले विजयी बनेको हो । यसअघि शुक्रबार युरो २०२४ को छनोटमा बेल्जियमले स्वीडेनलाई हराएको थियो ।
पाहुना टोली बेल्जियमले पहिलो हाफको १० मिनेटभित्र नै दुई गोलको अग्रता बनाएको थियो । केभिन डी ब्रुयनाको पासमा यानिक कारास्को र रोमेलु लुकाकुले गोल गरेका थिए । पहिलो हाफको अन्त्यमा निक्लास फुलक्रुगले पेनाल्टीबाट एक गोल फर्काए ।
दोस्रो हाफको ७८ औँ मिनेटमा डी ब्रुयनाले पुनः टोलीलाई दुई गोलको अग्रता दिलाए । यो सिजन क्लब र देशका लागि उनको नवौँ गोल थियो । ८७ औँ मिनेटमा सर्जी ग्नाब्रीले एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण