शिवचन्द्र कुशवाहा माओवादी छाडेर जनमतमा प्रवेश, बारा–२ का लागि उम्मेदवारी घोषणा
काठमाडौँ । माओवादी केन्द्रका नेता शिवचन्द्र कुशवाहा जनमत पार्टीमा प्रवेश गरेका छन् । उनले आजै जनमत पार्टीमा प्रवेश गरी बारा–२ का लागि उम्मेदवारी पनि घोषणा गरेका छन् । जनमत पार्टीका अध्यक्ष डा.सिंके राउतले लोकतन्त्रको रक्षाका लागि शिवचन्द्र कुशावाहालाई जनमत पार्टीबाट उम्मेदवार बनाएको घोषणा गरे । ‘गठबन्धनले जालझेल गरिरहेको छ, त्यसलाई चिर्नका लागि जनमत पार्टीबाट शिवचन्द्र कुशवाहालाई उम्मेदवार बनाएका छौं’ उनले भने ।
उनले अन्य साना वैकल्पिक शक्तिहरुले पनि जनमत पार्टीका उम्मेदवार कुशवाहालाई सहयोग गर्नेमा आफू विश्वस्त रहेको बताए । उनले आफूलाई मधेश प्रदेशमा मुख्यमन्त्री दिएपनि बारा २ नछाड्ने घोषणा गरे । उनले भने, ‘मधेश प्रदेशको मुख्यमन्त्री र बारा –२ लाई एकसाथ जोडर हेर्न हुँदैन ।’ बारा २ मा सत्य र असत्य बीचमा लडाई हुने भएकाले गठबन्धनले उम्मेदवार उठाए पनि आफूहरु पछाडि नहट्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण