स्वदेशमा हुने विदेशी फिल्मकाे छायाङ्कनमा ६५ प्रतिशत नेपाली प्राविधिक अनिवार्य

काठमाडौँ । चलचित्र प्राविधिक सङ्घ (नेफ्टा)ले आगामी वैशाख १ गतेदेखि लागू हुने गरी छायाङ्कनमा सिफ्ट सिस्टम ल्याउने भएको छ । सङ्घले प्राविधिकहरूको हितलाई मध्यनजर गरेर १२ घण्टाको सिफ्ट सिस्टम ल्याउन लागेको हो ।
अध्यक्ष पुष्कर लामाले अन्तर्राष्ट्रिय फिल्म उद्योगमा कार्यरत श्रमिकको अभ्यासलाई हेरेर नेपालमा पनि यस्तो व्यवस्था लागू गर्न लागिएको बताए । जसअनुसार अब नेपाली प्राविधिकले बिहान ७ देखि बेलुका ७ बजेसम्म र बिहान ९ बजेदेखि राति ९ बजेसम्मको १२ घण्टे तालिकाअनुसार काम गर्नुपर्नेछ ।
अतिरिक्त समय काम गर्नुपरे निर्माताले प्राविधिकलाई थप पारिश्रमिक दिनुपर्नेछ । नेप्टाको हालै बसेको कार्यसमिति बैठकले यस्तो निर्णय गरेको हो ।
‘२०७६ सालदेखि नै यो अभ्यास सुरु गर्ने तयारी थियो तर कोरोना महामारीले रोक्यो’, अध्यक्ष लामाले भने ‘फिल्मको अहिलेको अवस्था र व्यवसायलाई हेरेर यो नियम ल्याएका हौँ । जिम्मेवार श्रमिक संस्थाले भएकाले निर्मातालाई जोगाउनुपर्छ भन्ने उद्देश्य छ ।’
सिफ्ट प्रणाली कार्यान्वयन गर्नको लागि निर्माता सङ्घ र चलचित्र सङ्घजस्ता सम्बद्ध निकायसँग नेफ्टाले सहकार्य गर्ने पनि अध्यक्ष लामाको भनाई रहेको छ । विदेशी फिल्म उद्योगमा भने ८ घण्टाको नियम अभ्यास भएको लामाले सुनाए ।
नयाँ वर्षदेखि नै नेफ्टाले अर्को नियम पनि ल्याउँदै छ । जसले स्वदेशी प्राविधिकलाई लाभ मिल्ने अपेक्षा गरिएको छ । नेपालमा छायाङ्कन गर्न आउने विदेशी फिल्मले अनिवार्य ६५ प्रतिशत नेपाली प्राविधिक राख्नुपर्ने र नेपालमा छायाङ्कन गर्दा नेफ्टासँग अनुमति लिनुपर्ने देखि सहकार्य गर्नुपर्ने नियम पनि ल्याउने तयारी छ । ‘छिमेकी मुलुकमा फिल्म छायाङ्कनलाई जाँदा त्यहाँका एसोसिएसनसँग सहकार्य गर्नुपर्ने नियम छ । सोही नियमलाई हामीले नेपालमा समेत थालनी गर्न लागेका हौँ’ उनले भने ।
वैशाख १ गतेदेखि नै नेप्टाको सदस्यता नलिने प्राविधिकले काम गर्न नपाउनेदेखि संस्थाबाट सुविधा पनि नपाउने भएका छन् गत महिना लगातार तेस्रो कार्यकालमा अध्यक्षमा निर्वाचित भएका लामाले प्राविधिकको हकहित र फिल्मको अन्तर्राष्ट्रियकरणलाई प्रमुख एजेन्डा बनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कार्यसम्पादनमा कोशी प्रदेश अब्बल, कर्णालीलाई अनुदान बढी
-
सुदूरपश्चिम स्पोर्टस अवार्डलाई माया मेट्राको साथ
-
वैदेशिक रोजगारीमा जानेलाई बजेटमा के–के छ सुविधा ?
-
बजेट सकारात्मक छ : नेपाल समुद्रपार निकासी पैठारी संघ
-
बायाँबाट आइरहेको सकारात्मक आवाजलाई दिमागले छिट्टै चिन्छ
-
६ महानगरपालिकासहित ७५३ स्थानीय तहलाई २ खर्ब ९५ अर्ब हस्तान्तरण, कसले कति पाए ?