दुर्गेश र ‘ह्यान्सी ब्रो’ ले गरे प्रहरीमा मिलापत्र

काठमाडौँ । गायक दुर्गेश थापा र ‘ह्यान्सी ब्रो’ अर्थात रिदम क्षेत्री बीचको कुटपिटको मुद्दा प्रहरीमा मिलेको छ । बुधवार प्रहरीमा उजुरी गरेका क्षेत्रीले हामी मिल्यौ भन्दै आरोप समेत फिर्ता लिएपछि मुद्दा मिलेको हो । ‘हामी मिल्यौ भन्दै दुवै मिलेर आउनुभयो । क्षेत्रीले उजुरी पनि फिर्ता लिनुभयो’ महाराजगन्ज प्रहरी वृत्तमा डिएसपी अङ्गुर जिसीले भने– ‘दुवै मिल्यौ भनेपछि हामीले मिलापत्रको कागज गरेर पठायौँ ।’
दुर्गेश र रिदमबीच केही दिन अगाडि टोखामा भएको म्युजिक भिडियो कलाकारहरूको पिकनिकका क्रममा कुटपिट भएको थियो । रिदमले दुर्गेशले आफूलाई कुटेको भन्दै महाराजगन्ज प्रहरी वृत्तमा उजुरी दिएका थिए । त्यसमा उनले दुर्गेशसहित तीन जनालाई विपक्षी बनाएका थिए । उजुरीमा पिकनिकमा भएको झडपका दौरानमा आफ्नो सिक्रीसमेत दुर्गेशले चुँडालेर लगेको आरोप रिदमको थियो । अहिले उनीहरुले एकअर्काेको विषयमा केही नबोल्ने भन्दै मिलापत्र गरेको बताइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन्दीपको मुद्दा न्यायाधीश शंकर राईको इजलासमा
-
सिर्सिया नदीलाई प्रदूषण मुक्त गर्न माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरु)
-
पङ्गु बनाइयो ‘प्लस टु’
-
‘लम्पी स्किन’बाट धमाधम पशु मर्न थाले
-
प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढ्यो, कार्कीविरुद्ध १० दिनभित्र उजुरी आह्वान
-
चम्चा र चक्कुमा लाग्यो खिया ? यी सजिला टिप्स काम लाग्नेछन्