दुर्गेश र ‘ह्यान्सी ब्रो’ ले गरे प्रहरीमा मिलापत्र
काठमाडौँ । गायक दुर्गेश थापा र ‘ह्यान्सी ब्रो’ अर्थात रिदम क्षेत्री बीचको कुटपिटको मुद्दा प्रहरीमा मिलेको छ । बुधवार प्रहरीमा उजुरी गरेका क्षेत्रीले हामी मिल्यौ भन्दै आरोप समेत फिर्ता लिएपछि मुद्दा मिलेको हो । ‘हामी मिल्यौ भन्दै दुवै मिलेर आउनुभयो । क्षेत्रीले उजुरी पनि फिर्ता लिनुभयो’ महाराजगन्ज प्रहरी वृत्तमा डिएसपी अङ्गुर जिसीले भने– ‘दुवै मिल्यौ भनेपछि हामीले मिलापत्रको कागज गरेर पठायौँ ।’
दुर्गेश र रिदमबीच केही दिन अगाडि टोखामा भएको म्युजिक भिडियो कलाकारहरूको पिकनिकका क्रममा कुटपिट भएको थियो । रिदमले दुर्गेशले आफूलाई कुटेको भन्दै महाराजगन्ज प्रहरी वृत्तमा उजुरी दिएका थिए । त्यसमा उनले दुर्गेशसहित तीन जनालाई विपक्षी बनाएका थिए । उजुरीमा पिकनिकमा भएको झडपका दौरानमा आफ्नो सिक्रीसमेत दुर्गेशले चुँडालेर लगेको आरोप रिदमको थियो । अहिले उनीहरुले एकअर्काेको विषयमा केही नबोल्ने भन्दै मिलापत्र गरेको बताइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण