शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीको दाबी : चितवन रङ्गशालाको समस्या दुई साताभित्र समाधान हुन्छ

बिहीबार, १६ चैत २०७९, १२ : १६
बिहीबार, १६ चैत २०७९

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनस्थित भरतपुर क्रिकेट रङ्गशालाको समस्या दुई साताभित्र समाधान हुने दाबी गरेका छन् । 

बिहीबार भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो प्रतिबद्धता जनाएका हुन् । 

‘आज म यो पनि भन्न चाहन्छु कि–चितवनको क्रिकेट रङ्गशालाको समस्या एक वा दुई हप्ताभित्र समाधान हुन्छ र निर्माण कार्य अघि बढ्छ’, प्रधानमन्त्रीको प्रतिबद्धता छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप