तनहुँ–१ मा मेरो जित सुनिश्चित : नेता भट्टराई
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा कांग्रेसको जित सुनिश्चित रहेको दाबी गरेका छन् ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको संसदीय समिति र केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भट्टराईलाई वैशाख १० को उपनिर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले विगतमा झैँ यसपटक पनि काँग्रेस नै विजयी हुने बताएका हुन् ।
गठबन्धनले आफूलाई सहयोग गर्नेमा विश्वस्त रहेको बताउँदै उनले भने, ‘तनहुँ १ मा नेपाली कांग्रेसकै जित सुनिश्चित छ । यसै पनि त्यो क्षेत्र नेपाली काँग्रेसले नै जितको क्षेत्र हो । अहिले पनि हामी गठबन्धनमा छौँ, विगतमा प्राप्त मतभन्दा बढी मत थप्न अहिले जति प्रतिस्पर्धी साथीहरू हुनुहुन्थ्यो टिकट लिनका लागि उहाँहरू र पार्टीको पूरा स्ट्रक्चर र गठबन्धनका संरचनाहरू एकमत भएर हामी भारी बहुमतले जित्नेछौँ ।’
नेता भट्टराईले आफूले जित्ने आधार धेरै रहेको बताउँदै सबैभन्दा ठुलो आधार भनेको आफूले गरेका कामहरू नै भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण