बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

तनहुँ–१ मा मेरो जित सुनिश्चित : नेता भट्टराई

बिहीबार, १६ चैत २०७९, १४ : २५
बिहीबार, १६ चैत २०७९

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा कांग्रेसको जित सुनिश्चित रहेको दाबी गरेका छन् ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको संसदीय समिति र केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भट्टराईलाई वैशाख १० को उपनिर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले विगतमा झैँ यसपटक पनि काँग्रेस नै विजयी हुने बताएका हुन् । 

गठबन्धनले आफूलाई सहयोग गर्नेमा विश्वस्त रहेको बताउँदै उनले भने, ‘तनहुँ १ मा नेपाली कांग्रेसकै जित सुनिश्चित छ । यसै पनि त्यो क्षेत्र नेपाली काँग्रेसले नै जितको क्षेत्र हो । अहिले पनि हामी गठबन्धनमा छौँ, विगतमा प्राप्त मतभन्दा बढी मत थप्न अहिले जति प्रतिस्पर्धी साथीहरू हुनुहुन्थ्यो टिकट लिनका लागि उहाँहरू र पार्टीको पूरा स्ट्रक्चर र गठबन्धनका संरचनाहरू एकमत भएर हामी भारी बहुमतले जित्नेछौँ ।’

नेता भट्टराईले आफूले जित्ने आधार धेरै रहेको बताउँदै सबैभन्दा ठुलो आधार भनेको आफूले गरेका कामहरू नै भएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप