सङ्क्रमणकालीन न्याय टुङ्ग्याउन ओलीले दिए चार सूत्र, नत्र विरोध !
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले सङ्क्रमणकालीन न्याय टुङ्ग्याउन चार सूत्र अपनाउनुपर्ने बताएका छन् । बिहीबार काठमाडौँमा भएको साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले चार सूत्रका आधारमा सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्याउनुपर्ने बताएका हुन् ।
‘अन्तर्राष्ट्रिय रूपमा विश्व समुदायलाई मान्य हुने एउटा । दोस्रो हाम्रो सर्वोच्च अदालतले गरेको फैसलाका आधारमा । तेस्रो दण्डहीनता भयो होइन, दण्डहीनताको अन्त्य गरिएको छ भन्ने गरी चौथो पीडितले परिपूरण पाउने गरी’, ओलीको भनाइ छ ।
तर अहिलेको सरकारले फास्ट ट्र्याकका नाममा पीडितलाई न्याय नदिने गरी कानुन अघि बढाउन खोजेको भन्दै त्यसको विरोध गरिने बताए ।
‘वलजफ्ती सहमति भयो भनेर दबाएर र राज्यसत्ताको दुरुपयोग गरेर गर्न मिल्दैन’पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले प्रश्न गरे,‘फास्ट ट्र्याक किन ? १८ वर्ष बित्यो । एक महिनाभित्र हुन्छ भने दुई दिनमा छलफल नै गर्न नदिई, जोडजाडको बहुमत छ भनेर यस प्रकारको मजाक गर्न पाउनुहुन्छ नेपाली जनतासँग ?’
उनले संसद् जस्तो गरिमामय ठाउँमा प्रक्रियागत ढङ्गले छलफल नगरी चल्न खोजे विरोध गर्ने समेत बताए । ओलीले सङ्क्रमणकालीन न्यायलाई ठगी खाने भाँडो नबनाई समस्याको समाधान गर्नुपर्ने र पीडितले न्याय पाउनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण