शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा मन्दिर भत्किँदा कम्तीमा आठ जनाको मृत्यु

बिहीबार, १६ चैत २०७९, १८ : ०७
बिहीबार, १६ चैत २०७९

नयाँ दिल्ली । भारतमा रामनवमी पर्व मनाउन भेला भएका भक्तजन मन्दिरको इनारमा खस्दा कम्तीमा आठ जनाको मृत्यु भएको भारतीय प्रहरीले बताएको छ ।  घटनास्थलबाट एक दर्जनभन्दा बढी व्यक्तिको उद्धार गरिएको पनि प्रहरीले जनाएको छ ।

मध्य शहर इन्दोरमा सिँढीबाट पानीको स्रोतसम्म पुग्ने गरी खनिएको इनारमा उनीहरू फसेका थिए ।  घटनाको पुष्टि गर्दै प्रहरी अधिकारी मनिष कपुरियाले एएफपीसँग भने, “हामीले आठ जनाको मृत शरिर फेला पारेका छौं र करिब एक दर्जनको उद्धार गरेका छौं ।”

टेलिभिजन फुटेजमा आपतकालिन कामदारले डोरी र भर्याङको प्रयोग गरेर मध्य प्रदेश राज्यमा इनारमा फसेकाहरूलाई पुर्याएको देखिएको छ । अन्य भिडिओमा भत्किएको भुइँ र भाँचिएको फलामको बार प्रहरीले डोरीको सहायताले सिल गरेको देखिएको छ ।

हिन्दू धर्मावलम्बी भगवान् रामको जन्मोत्सव रामनवमीका अवसरमा आज देशभरका मन्दिरमा भक्तजनको भीड लागेको समय उक्त मन्दिरमा पनि भक्तजनहरूको पूजाका लागि घुइँचो लागेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप