मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु
काठमाडौँ । सुर्खेत र गोरखामा भएका दुई छुट्टाछुट्टै मोटरसाइकल दुर्घटना दुईजनाको मृत्यु भएको छ । सुर्खेतको विरेन्द्रनगर नगरपालिका ७ शिवालय चोकमा गएराती मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पछाडी सवार एकजना घाइते भएका छन् । सुर्खेतकै वीरेन्द्रनगर नगरपालिका–२ कोलडाँडाका २४ वर्षीय सुदिप चौधरीको मृत्यु भएको हो । घाईते भएका उनलाई उपचारको लागि सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल कालागाउँ पुर्याउनसाथ चिकित्सकले मृत घोषणा गरेको थियो ।
घाइते भएका पछाडी सवार बाँकेको बैजनाथ गाउँपालिका ३ का २२ वर्षीय सुशील चौधरीको सोही अस्पतालमा उपचार भइरहेको छ । कर्णाली प्रदेश ०२–००१ प ४९८७ नम्बरको मोटरसाईकल अनियन्त्रित भई पल्टिएको थियो । मृतक र घाईते दुबै जना नेपाल आर्मीका सैनिक जवान रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
गोरखाको भिमसेनथापा गाउँपालिका १ निवेलमा मोटरसाईकल दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको कृष्णसरवण गाउँपालिका २ का २३ वर्षीय लक्ष्मीकान्त चौधरी रहेका छन् । घ्याम्पेसालबाट निवेलतर्फ जाँदै गरेको भे ६ प ७४३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेको प्रहरी चौकी घ्याम्पेसालले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण